Posted by: Nepe March 18, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
नेपालको समस्या भनेको त्यसको समाधानको बाटो नभएर वा थुनिएर जम्मा हुँदै गएका फोहोरहरुका प्रकृतिका छन् । त्यसैले हामीलाई चाहिएको विद्रोहलब्ध पटक-पटके निकास नभएर निरन्तर, सहज र स्वचालित निकास हो । झन् यो अहिलेको एक-पटके र अस्थायी शाही निकास त हुँदै होईन । नेपालमा फोहोरहरुको तीन थुप्रो छ- १) पुरानो सामाजिक-आर्थिक भ्रष्टाचारको संरक्षक दरबार, २) त्यो भ्रष्टाचारको परम्पराबाट पराजित-संक्रमित राजनैतिक पार्टीहरुका नेतृत्व र, ३) राजनैतिक पार्टीहरुले बेबारिस बनाएका सामाजिक-आर्थिक क्रान्तिका मुद्दाहरुको नक्कली वारिस बनेर साम्यवादी धर्मान्धताको लागु औषधिका वेसनी माओवादीहरु । यी तीन फोहोरहरु मध्ये कुनै वा सबैलाई जस्ताको तस्तै रुपमा स्वीकार गर्ने निकास सोझै नरकको ढोकामा गएर टुङ्गिन्छ; त्यो नरक भनेको चाही कि त यो दशक भरिको ऐजन ऐजन नेपाल हो, कि त सिक्किमको नियती हो । नेपालको यो फोहोर-संकट फोहोरहरुबीच फोहोरहरुको तात्कालिन स्वार्थकेन्द्रित सम्झौता गराईदिएर टालटुल गर्ने छट्टु विद्याबाट होईन नेपाली जनताको सर्वोच्चता, स्वतन्त्रता र निर्णायकतालाई सनातन राजगद्दिमा राख्ने सुधो, लाटो र साँचो बाटोबाट मात्र समाधान गर्न सकिन्छ र गर्नु पर्छ । नत्र भने लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ भीरबाट गुल्टिङ्ट्याङ हुन्छ । हुन्छ के, भईरहेकै त्यै हो ।
Read Full Discussion Thread for this article