Posted by: Nepe March 18, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
दोधारेज्यू, तपाईका ईमानदारिता र भद्रताको म ठूलो कदर गर्दछु । देशको गरिबी, पछौटेपन र बिस्तारै जागृत अधिकार-चेतनालाई समेत पुस्तकका चार्टहरुमा होईन देशको माटोमा उभिएका घरदैलोमा देख्नु भएको तपाई भन्दा योग्य पात्र अरु को होला, मुलुकको प्रगतिको मार्गचित्र कोर्ने कुरामा आफ्नो अभिमत राख्न । तपाईको कुनै छक्का-पन्जा नभएका सरल तर्कपूर्ण विचारहरु सुनेर साह्रै आनन्द लाग्यो । कृपया यस सम्बादलाई जारी राख्नुहोला । प्रतिक्रियाहरु आएनन् भने, मनोवादकै रुपमा भने पनि । तपाई र मेरा विश्लेषण र निष्कर्षहरु भिन्न अवश्य छन् । तर म फटाहा मित्रलाई भन्दा ईमान्दार शत्रुलाई सम्मान गर्न रुचाउने मान्छे हुँ । जहासम्म मेरा व्यक्तिगत विचारहरुका कुरा छन्, म साझाको ४ वर्ष पुरानो साँढे भा'हुनाले यहाँ अक्सर भइरहने क्षुद्र सिङौरी खेलाखेल बिचमा पनि अलि अलि गरेर आफ्ना विचारहरुको बिस्कुन सुकाउन भ्याएको छु । त्यसैले तपाईलाई एउटा अलि ठूलै बिस्कुनमा निम्ता गर्छु है ? - http://www.sajha.com/sajha/html/column.cfm?extraid=622 यो बिस्कुनको आयतनले धेरै नवआगन्तुक र अतिथीहरुलाई विकर्षित गरेको हुनाले मेरो विचारहरुको अल्पवाक्यी उपसंहार राख्न चाहन्छु यहाँ ।
Read Full Discussion Thread for this article