Posted by: Dada_Giri March 18, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
हो, कुरा जनमत संग्रहको हैन। त्यसैले यहाँ अल्पमत र बहुमतको कुरा आएन र आउँदैन पनि। जनमत सग्रंह हेरेर सबैले चित्त बुझाउने भए ०४६ सालको क्रान्ति पनि सफल हुने थिएन। आन्दोलन कुन चरणमा हुन्छ? समाजका ५०% भन्दा बढिले माग गरेको ब्यबस्था ल्याउनको लागि हैन,त्यस्तो अबस्थामा आन्दोलन हुँदैन अथवा भनौँ आन्दोलन गर्नै पर्दैन किनभने त्यो भन्दा अघिल्लो स्थितिमा नै समाजमाक्रान्ति भैसकेको हुन्छ। माओबादीले सुरु गरेको क्रान्तिकारी कदम पनि झिनो मतबाटै सुरु भएको थियो। र क्रान्ति जहिले पनि झिनो मत बाट सुरु हुन्छ। यहाँसम्म नेपेजीले भन्या कुरा सही हो। तर नेपे जी यदि सम्बिधान सभाले राजाको अस्तित्वलाई स्विकार गर्यो भने तपाईँ लडाकुहरु (नैतिक हिसाबले) त्यसलाई स्विकार्ने कि फेरि धाँदली भो भन्दै युद्दमा जाने नि? तपाइँहरु त्यसतिखेर पनि युद्दमा जानुहुन्छ। त्यसो भए, "सम्बिधान सभा! सम्बिधान सभा!!" भनेर सुँगा रट्न पनि छोडिदिए हुन्छ। बरु, दाया बाँया कुरा नगरिकन र प्रजातान्त्रिक गणतन्त्र भन्ने नामको दुरुपयोग नगरिकन "राजाको श्रीपेच हाम्लाई चाहियो!" भन्दा उपयुक्त होला जस्तो लाग्छ। श्रीपेचेहरुको फेरबदलमा सिमित हुने यो महायज्ञको अन्त्य पनि देखिँदेन। त्यसैले शन्तिको लागि गरिएको यज्ञमा पुष्पगुच्छा लिएर अग्रसर हुन नै उपयुक्त हुन्छ। आउनुहोस्, यस पवित्र महायज्ञमा तपाईँ पनि अटाउन सक्नुहुन्छ। एकफेरा शान्तपुर्वक सोचेर हेर्नुहोस्, तपाइँहरुको यज्ञले कस्लाई मारेको छ? सोझा साझा नेपालीहरुलाई. साही सेनामा लड्न जाने को हो? कुन शाही खान्दानिया मर्यो? कुनै एउटा बदमास मार्या भे, उदाहरण पाऊँ। यस युद्दमा साझा र निमुखा नेपालिहरुलाई मारिएको छ। बदमासहरुलाई छुट दिइएको छ। यस्तो आन्दोलनले पनि न्याय ल्याउँछ भनेर कसरी आशा गरौँ? त्यसैले क्रान्तिबाट हुने उपलब्धी, मृतकहरुको स?ख्यासित अनुक्रमानुपाती हुन्छ भन्ने प्रचण्डको सिद्दान्तलाई तपाईँहरुले सही ठहर्याउँदै तपाईँहरु जस्ता बुज्रुकहरुले वकालत गर्न मिल्दैन।
Read Full Discussion Thread for this article