Posted by: Dada_Giri March 18, 2005
Prachanda Returns Home
Login in to Rate this Post:     0       ?        
प्रचण्ड घर फिर्छन् अधिक लामो कालसम्म गज्रे उनी, वनको सिँह नै बनी सबै ब्वाँसाहरु तालि बजाउन थाले, आयो नयाँ सिहँ लौ भनी! सबै कराउन थाले जय जयकारमा, देखेऊ नयाँ रुप भनी अबिर जात्रा र दिप प्रज्ज्वलित त हुने नै भो परम्परा नै बनी!! *** *** *** बसे सिँहासनमा उनी गजधुम्म बनी, थाम्नै डरायो फलैँचा पनि बस्ने बानी नै कहाँ थियो र टेबुलमा, अडेस लगाए, डराए स्वम् पनि! चारैतिर स्मसान थियो नगरीको, थिएन एक्का पनि गाउँ सबै रिक्त भइसकेको थियो, थिएन बस्ति पनि!! *** *** *** बस्ति फिर्ने मन भयो, दर्शन गर्छु लौ, गुरु-पिताको पनि चराहरु सबै कराउन थाले गुँडमा, "स्वागत छ तिम्रै" भनी! नेपाली घरको समिप उनी पुगे कोहि त छन् कि भनी द्दार खोली हेरे आफ्नै घरको, पाएनन् कोही पनि!! *** *** *** नयाँ कोठा थप्न खोज्थे उनी घरको, थिएन कौडी पनि कुचो हात पार्दै बढारे पुरानै घर, "नौलो जनबाद" भनी! भित्र पसे उनी सपार्नु छ यो घर, भण्डार खोतल्छु भनी राख्या छन् बुढाले, थुप्रै छ दौलत, जोडेका छन् लौ भनी!! *** *** *** भण्डार जब खोलेथे देखे उनले, आफ्नै तस्विर र अनि हिगं बाँध्ने एउटा पुरानो टालो र धुपिको त्यो काठ पनि! खोतल्दै गए भण्डार घरको, अरु केही छ कि भनी अन्तिममा हात पारे एउटा पात्रो, ध्वाँसिएको तेइ पनि!! *** *** ***
Read Full Discussion Thread for this article