Posted by: dodhare March 17, 2005
Login in to Rate this Post:
0
?
मैले अघिनै भने, माओवादी नेतृत्वले बाटो बिराईसकेको छ। उनीहरु त केवल गरीबि र असमानतालाई हतियार बनाएर आफू सत्तामा पुग्न खोजेका छन। जुन कुरा हासिल गर्न असम्भव छ भन्ने मैले माथि नै उल्लेख गरिसकें। युद्धका कारण सर्वसाधारण नेपालीले जुन दुःख खेपेका छन त्यो माओवादीले बुझ्नै सकेनन्। जहां सत्य हुन्छ त्यहां शक्ति हुन्छ। गरीबको आंशुमा सत्यता थियो जो माओवादी शक्ति भयो। तर अहिले माओवादीका ४० बुदे माग भन्दा जनताको शान्तीको माग ठूलो भैसक्यो। र त्यही शान्तीको शक्तिलाई राजाले उपयोग गरे। शान्तीको चाहना सत्य हो र त्यो शक्तिलाई कसैले अबमुल्यन नगरे हुन्छ। त्यसैले राजनैतिक त्रुटिले माओवादी जन्म्यो, माओवादी त्रुटिले राजा सकृय भयो। त्यो जिम्मेवारी त उनीहरुले लिनै पर्छ। यि दुबै कुरा हाम्रो देशको प्रगतिका लागि दुर्भाग्यपूर्ण हुन। कोही ब्यक्ति विशेषका विनासोच गरिएका क्रियाकलापले सम्पूर्ण देश र जनता भागेदारीमा पर्नु परेको छ। यो नै हाम्रो सबैभन्दा ठूलो बिडम्वना हो।
नेपेज्यू, म त शान्तीको पक्षधर हुं, युद्धको हैन। मेलै ०५२ सालदेखिको युद्धको कुरा गरें भने तपाईले माघ १९ को। म फेरी संसारमा अहिङसाका लडाईबाट जितिएका युद्धबाट प्रभाबित भएको मान्छे। मलाई डरपोक भन्नोस तर म कसैका बिरुद्ध हतियार उठाउंदिन। त्यसैले हाम्रो हेराई फरक छ युद्ध नीति फरक छ। तपाईको लडाईमा म कसरि साथ दिऊं? फेरी २ वटा युद्ध एकसाथ कसरि लडौ? तपाईले भने झै अल्पमतमा हुने जति सबैले युद्ध गर्ने भने त सधै अशान्ती हुने भो नि हैन र? अशान्ती नहोस भन्ने मेरो बिचार हो।
अर्को कुरा नेपेज्यू, शान्तीको कुरा गर्दा मान्छेले अशान्त हुनु पर्ने सबैभन्दा ठूलो कारण आफ्नै मन हो। सबैभन्दा बांध्न गाह्रो नै यो मन। बिना कारण मान्छेको मन सधै बेचैन हुन्छ। त्यसैले बुझेका मान्छेले अरुको मन भड्काउन हैन बांध्न सिकाउनु पर्छ। हाम्रो साना साना बालबालिकालाई ठूला ठूला विद्वानहरुले उनीहरुको मनलाई भड्काई दिएकोमा मेरो चिन्ता हो। सक्नेले बयस्क र बुझिसकेकालाई भड्काउनु पर्छ भन्ने मेरो भनाई हो। यदि हामी आफ्ना छोराछोरीलाई त्यो बाटोमा हिडाउन सक्दैनौ भने अरुका छोराछोरीको जिन्दगीमाथि खेलवाड नगरौ भन्ने मेरो सुझाव हो।
रात ढलिसकेछ नेपेज्यू। मैले तपाईका सबै प्रश्नहरुको जवाफ लेखे लेखिन। फेरी भेटौला। शुभ रात्री!