Posted by: dodhare March 17, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
नेपे ज्यू, म नेपालको एउटा अति दुर्गम ठाउंमा हुर्केको हुनाले गाउंका तल्लो वर्गका नेपालीहरुको अवस्था जान्न मलाई केही हदसम्म मौका मिल्यो। उनीहरु राजनैतिक, सामाजिक, वर्गीय र अन्य शोषणबाट यति पछि धकेलिएका छन कि सबै क्षेत्रबाट निस्वार्थ कुर्बानी भएन भने तिनीहरुलाई उठाउनु प्रायः असम्भव छ। तिनीहरुको रोदनलाई कसैले सुनेन, तिनीहरुको पीडालाई कसैले बुझ्न खोजेन। तर माओवादीहरुले तिनीहरुको शक्तिलाई चिने र जनताको मुक्तिको लागि लड्न थाले। म गर्वसाथ भन्छु कि माओवादीले उठाएका ४० सुत्रीय मागहरु एकदम जनमुखि र जायज छन्। तर माओवादीहरुलाई आफ्नो छोटो समयको सफलताले मात लाग्यो र उनीहरुले युद्ध कसको लागि लडेको भन्ने नै बिर्से। फलस्वरुप निर्दोष र पिछडिएकै जनता माओवादीको सिकार हुन थाले। बिस्थापित भएका नेपालीको रंग र रुप हेर्यो भने त्यो प्रष्ट देखिन्छ। जो दुर्गम गाउंहरुबाट बिस्थापित भएका छन, के ति सामन्ती जस्ता देखिन्छन्? बरु जसलाई सबैले सामन्तीको रुपमा हेर्छन ति संग त उल्टै माओवादीको सांठगांठ (कार्यगत एकता) पो देखिन्छ। यो कस्तो युद्ध हो? सायद किताबी ज्ञानलाई हुबहु प्रयोग गर्दा त्यो नतिजा निस्केको हुन सक्छ भन्ने मेरो अड्कल हो। अर्को कुरा तल्लो वर्गमा राजनैतिक जनचेतना जगाएको श्रेय पनि माओवादीहरुलाई नै जान्छ। हिजो प्रधानमन्त्री शेरबहादुरले नबुझेका नसुनेका ४० सुत्रीय माग आज सबै नेपालीले सुनेको छ, बुझ्न खोजेको छ। र त्यो नै माओवादीहरुको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि हो। अनि जनताको समस्या बुझेका माओवादीले ति निमुखा जनतालाई कुनै पनि हालतमा राहत दिन खोज्नु पर्ने हो, चाहे सत्ताभित्रबाट होस या बाहिरबाट। त्यो उपलब्धिलाई बार्गेनिङको हतियार बनाउने हो भने अहिले ति पिछडिएका जनताका लागि धेरै कुरा हासिल गर्न सक्ने स्थिति छ। उदाहरणको लागि, नेपालको सबभन्दा ठूलो भ्रष्टाचारको अखडा शाहीसेना र दोश्रो ठूलो अखडा नेपाल प्रहरीमा ति दशौ हजारको संख्यामा रहेका तल्लो स्तरका जनता (माओवादी सेना) लाई घुसाउन सकिन्छ। यसले गरीबलाई जागिरको राहत मात्र मिल्दैन, एउटा निस्चित ब्यक्ति विशेषको घेरामा रहेका ति संस्थाहरुमा सन्तुलन ल्याउन सकिन्छ। मेरो बिचारमा त्यो अति जरुरी छ र हरेक सचेत नेपालीले त्यसको समर्थन गर्नेछ।
Read Full Discussion Thread for this article