Posted by: Nepe March 17, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
दोधारेज्यूको चिन्तनमा देश र जनताप्रतिको सद्?भाव स्पष्ट झल्किन्छ । त्यसमा कुनै सन्देह छैन । तर उहाले नेपालको यथार्थको अपूर्ण र त्रुटीपूर्ण व्याख्या गर्न पुग्नुभई यस्तो खतरनाक निष्कर्षमा पुग्नुभयो जसले The road to the hell is paved with good intentions भन्ने कहावत चरितार्थ गर्दछ । उहाका विविध तर्कहरुलाई एकछिन पन्छाएर वा लौ त्यसलाई सही नै मानेर पनि, म के देखाउने धृष्टता गर्दैछु भने उहा कसरी आफ्नै मनोसंसारमा रुमलिएर बाहिरी संसारको यथार्थलाई देख्न सकिरहनु भएको छैन । उहालाई कस्तो लागिरहेको बुझिन्छ भने नेपालमा मानौं कुनै जनमत संग्रह भईरहेछ राजाको सकृयताको बारेमा । र उहाले र उहाले मनाउन सक्नुभएकाहरुले सकृयताको पक्षमा भोट हाल्ने बित्तिकै सकृयताको पक्षले जित्छ र विपक्षले स्वत: त्यस परिणामलाई स्वीकार गर्नेछन् । यसरी सबैले राजाको तत्कालिन सकृयतालाई स्वीकार गरेपछि बाँकी कुराको समाधान बिस्तारै निस्किहाल्छ । त्यही भएर उहा र साथीहरु राजाको सकृयताको पक्षमा भोट हाल्न अस्ति White House अगाडि पुग्नु भयो । यो जनमत संग्रहको भ्रममा दोधारेज्यू मात्रै होईन, साझाका पुराना खग्गु व्यंगकार जिराज्यू पनि परेको देखिन्छ । तर वास्तविकता के हो भने महाराज ज्ञानेन्द्र जनमत संग्रहको संचालन गरिरहनु भएको छैन । उहाँले त ठाडै युद्द घोषणा गर्नु भयो उहाका पूर्ण शत्रुहरुसंग मात्र होईन बरू अर्धशत्रुहरुसंग पनि । त्यसैले दोधारेज्यु र जिराज्यू, नियालेर हेर्नोस् । यो युद्द हो, जनमत संग्रह होईन । (जनमत संग्रह भईदेको भए त कुरै सकिन्थ्यो नि) । पहिलो कुरा त तपाईहरुको बहुमत छैन । दोश्रो, बहुमत हुदैमा जितिदैन युद्द । बहुमतले जित्ने भनेको त प्रजातन्त्र मात्र हो, जनमत संग्रह मात्र हो, चुनाव मात्र हो, संविधान सभा मात्र हो, युद्द होईन । त्यसैले बरु, तपाईहरु भ्रममा रहनु भएको चाही होईन कि साच्चिकैको जनमत संग्रह वा संविधान सभाको चुनावको लागि फेरि एकपल्ट डिसीमा रयाली गरौं ।
Read Full Discussion Thread for this article