Posted by: dodhare March 16, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
- माओवादी युद्ध सुरु हुनु अघिदेखि नै नेपालमा तराई तथा लिम्बुवान राज्यको माग उठिसकेको छ। माओवादी समस्या पनि नसुल्झिनु र युद्धको कारण देशको केन्द्रीय सरकार पनि कमजोर अवस्थामा पुगेमा अथवा सुरक्षा संयन्त्र कमजोर भएमा अहिले सम्म स्वतन्त्र राज्यको माग गर्नेहरुले आ-आफ्ना क्षेत्रहरुमा स्वतन्त्र राज्य घोषणा गर्नेछन्। विभाजनका कारणहरु थुप्रै भएको हाम्रो सानो मुलुक बिखण्डनको संघारमा पुग्ने छ। बिगत १५ बर्षमा पार्टी तथा नेताहरुले बेलाबेलामा राष्ट्रघाती कदम नउठाएका हैनन्। माओवादी चै यसमा अपवाद हुन्छन भन्नलाई पनि त्यो खालका क्रियाकलाप देखिनमा आएका छैनन्। बरु राजाबाट चै राष्ट्रघाती कदम उठ्दैनन् भन्ने आशा गर्न सकिन्छ। अब माओवादीको त्रास र आशमा अरु कति खप्ने भन्ने प्रश्न उठ्छ। बरु त्यो ज्यादतीको अन्त्य गर्न राजाले मागेको समय दिनुपर्छ र देशमा कुनै पनि हालतमा शान्ति स्थापना हुनु पर्छ अनि चुनाव हुनु पर्छ भन्ने मेरो भनाई हो। ति जनताले चुनेका नेताको अवधि करिव ५ बर्ष अगाडि नै सक्किसक्यो। प्रजातान्त्रिक सरकार बनाउन चुनाव जितेर आउनु नै वेश हुन्छ दुवै प्रजातन्त्रवादी र माओवादीलाई। यदि देशमा शान्ती स्थापना हुन्छ भने राजाले पार्टीकै नेतालाई प्रधानमन्त्री बनाउनु पर्छ र अरुलाई बनाउनु हुंदैन भन्ने अडान मेरो छैन। डि.सी. को ?यालीमा मेरो उपस्थितिको पछाडि यिनै कारणहरु हुन्।
Read Full Discussion Thread for this article