Posted by: dodhare March 16, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
त्यसैले मैले राज्य शक्ति र माओवादी शक्तिलाई तौलेर हेरें कि कसले देशमा शान्ती चांडो दिन सक्छ? सबैभन्दा राम्रो त सम्झौता नै हो तर त्यो नभएको खण्डमा माओवादीको शक्तिको समीक्षा हुनु जरुरी छ। के सांच्चै उनीहरु राज्य शक्तिलाई परास्त गर्न सक्षम छन्? मेरो बिचारमा त्यो असम्भव छ। किनभने पहिलो कुरा त उनिहरुको सैन्य शक्ति बीबीसि ले जनाए अनुसार १० हजारको हाराहारीमा मात्र छ। देशको शक्तिलाई परास्त गर्न त्यो संख्या अति नै न्यून हुन जान्छ। त्यही कारणले होला माओवादीहरुले अहिले सम्म एउटा दुर्गम जिल्लाको सदरमुकाम पनि १२-२४ घण्टा भन्दा बढी कब्जा गर्न सकेका छैनन्। त्यसैले देश लिने माओवादी सपना दूर मात्र हैन कि असम्भव छ भन्ने स्पष्ट छ। तर त्यो हतियारधारी संख्या हाम्रो जस्तो बिकट र गरीब देशमा आतंक मच्चाउन सफल हुनु कुनै अनौठो हैन। कुनैपनि सरकारले सबैलाई सुरक्षा दिन सक्दैन र असुसक्षित जनताले हतियारधारीको बिरुद्ध नजानु नै बुद्धिमत्ता हुन्छ। जो चुप लागेर बस्न सक्दैन त्यो मर्छ या विस्थापित हुन्छ। १० हजारको संख्याले देशको ८०% भाग आफ्नो कब्जामा छ भनेर दाबी गरिनुको पछाडि पनि यही कारण हो। यो केही आश र बढी त्रासको माओवादी शक्ति बढेर या घटेर जान्छ भन्ने त समयले नै देखाउने कुरा हो तर उनिहरु सफल हुंदै गएमा युद्ध जित्न लायक हुन अर्को १०-२० बर्ष लाग्ला भन्ने मेरो अनुमान हो। सम्झौताबाट शान्ती स्थापना भयो भने कमसेकम त्यो लामो समय युद्धको तयारिमा त बिताउनु पर्दैन। हाम्रा छिमेकी मुलुकहरु आउंदो १५-२० बर्षमा सर्बशक्तिमान राष्ट्र हुने समाचार आउंछ तर हाम्रो बिडम्वना अर्कै छ। मैले अघि नै भने हाम्रो हरेक निर्णयको केन्द्रविन्छु हाम्रो देश नेपाल हुनु पर्छ। हाम्रा नेताहरु आफ्नो लक्ष पूरा गर्न जे गर्न पनि तयार हुन्छन्। कोही त भारतमा हात पसार्न पुगिसके। उनीहरु आफ्नो महत्वाकांक्षा पूरा गर्न देशलाई नै बाजी राख्दैनन् भनेर भन्न सक्ने स्थिति पनि छैन। त्यसैले कतै हाम्रो देशमा विदेशीको हस्तक्षेप पो हुने हो कि या देश बिखण्डित पो हुने हो कि भन्ने डर मलाई छ। अब यो कसरी हुन सक्छ? - यदि शान्ती स्थापनाको लागि राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट राजालाई कमजोर बनाईयो भने माओवादी बलिया हुन सक्छन्। माओवादी बलियो हुनु भनेको बढी युद्ध हुनु हो, बढी मान्छे मर्नु हो। यो मरिमराऊ कम गराउन केवल माओवादी कमजोर बनाइनु पर्छ। - राजाले युद्ध हार्नु भनेको देशको सुरक्षा (सैनिक, प्रहरी लगायत देशको सम्पूर्ण संयन्त्र) ले हार्नु हो। राज्यले युद्ध हार्नु पर्ने स्थितिमा लाखौको संख्यामा मान्छे मारिनु पर्ने हुन्छ। यति ठूलो संख्यामा मान्छे मारिने भए भने अरु लाखौ मान्छे बिस्थापित हुन्छन्। त्यसले भारतमा पनि चाप बढ्छ। यसैलाई निहुं बनाएर भारतले आफ्नो सुरक्षाको कारण देखाई नेपालमा सैनिक हस्तक्षेप गर्न सक्छ। अहिलेकै परिप्रेक्षमा भारतमा यो कुरा उठिसकेको छ।
Read Full Discussion Thread for this article