Posted by: dodhare March 16, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा हरेक नेपाली (राजा, नेता, कार्यकर्ता, साधारण नागरिक) ले आफूले गरेका क्रियाकलापले हाल र भविश्यमा हाम्रो देश र त्यहांका जनतालाई कस्तो असर पर्छ भन्ने बुझ्नु जरुरी छ। हामीमा आफ्नो उद्देश्य प्राप्ति गर्न जेसुकै गर्ने प्रवृत्ति छ। यहां म के देख्छु भने मान्छेहरु आफ्नो विश्वास सधै अटल राख्न खोज्छन् चाहे त्यो कुनै वादप्रति होस, राजाप्रति होस या आफ्नो पार्टीप्रति। आफू आफ्नो विचारबाट डगमगायो भने आफ्नो वैज्जत भएको ठान्छन्। त्यस्तो कायमै रह्यो भने मिलन चै कुन विन्छुमा गएर हुने? त्यसैले आफ्नो अडानको केन्द्र विन्दु त देश हुनु पर्छ कुनै ब्यक्ति या पार्टी हैन। हो, आज देशमा राजाले जुन कदम लिएका छन म त्यो कुरामा गर्व गर्दिन। तर यसमा राजाको मात्र चै पक्कै दोष छैन। अझ ठूलो चित्र हेर्ने हो भने त्यो नै आजको सबैभन्दा ठूलो समस्या हैन र प्रजातन्त्र प्राप्तिको लागि लडाई लड्नु पर्ने आजको पहिलो आवश्यकता पनि हैन भन्ने मलाई लाग्छ। उदाहरण दिनु पर्दा मेरो ब्यक्तिगत विचारमा अमेरिकाले गोला बारुदको बिचमा लादेको इराकी प्रजातन्त्र भन्दा सद्दाम हुसेनको सैनिक सासन नै जनताका लागि सुखमय थियो कि जस्तो लाग्छ। फेरी प्रजातन्त्र भन्ने शब्दै यस्तो रैछ कि त्यसलाई जसले पनि आफ्नो हितको लागि प्रयोग गर्न सक्ने। माओवादीले प्रजातन्त्रको विगुल फुकेका कयौ उदाहरण हाम्रा सामु छन् भने सत्ता बाहिर पुग्नेको त यो एउटा शस्त्र नै हो। म प्रजातन्त्र शब्दसंग डराउनुको कारण केवल यति मात्र हो। आजको सबैभन्दा ठूलो आवश्यकता त शान्ती हो र शान्ती प्राप्त गर्न राजासंग हात मिलाउनु पर्ने मैले ठानेको छु। किनभने शान्ती कि त सम्झौताबाट आउंछ कि त युद्धबाट एउटा शक्ति परास्त हुनै पर्छ। सम्झौता गर्न अहिले माओवादीलाई सबभन्दा फाईदाजनक छ। किनभने माओवादीले तल्लो स्तरका जनताको जतिसुकै कुरा गरेपनि सत्ताप्राप्ति उनीहरुको उद्देश्य हो। राजनैतिक पार्टीहरुसंग सम्झौता गर्दा श्रेय पनि पार्टीहरुलाई नै जान्छ। त्यसैले राजासित सिधै बार्ता गर्न खोजेको माओवादी सर्त सर्वबिदितै छ। र यदि युद्धबाटै सत्ताप्राप्ति गर्ने हो भने पनि अब समय खेर नफाले हुन्छ। त्यसैले राज्य शक्ति र माओवादी शक्तिमा अहिले केन्द्रित हुनु पर्छ। प्रजातान्त्रिक शक्ति जस्तै माधव नेपाल, गिरिजा या कुनै पार्टीका नेतालाई प्रधानमन्त्री बनाएर समस्या समाधान हुंदैन भन्ने सिद्ध भैसकेको छ। अब चुनाव गराएर मात्र अधिकार हस्तान्तरण हुनसक्छ। र बिना शान्ती चुनाव हुंदैन भन्ने पनि स्पष्ट भैसक्यो। त्यसैले प्रजातान्त्रिक लडाई अर्को विकल्प हैन र त्यसले समस्या सुल्झिदैन पनि। प्रजातन्त्रको लडाईमा मेरो दिलचस्वी नहुनुको कारण पनि यति नै हो। तर जब शान्ति स्थापना हुन्छ, सही प्रजातन्त्रको कुरामा हामी जरुर केन्द्रीत हुनु पर्छ।
Read Full Discussion Thread for this article