Posted by: Dada_Giri March 16, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
userfromdc जी, त्यसरी ठाडो भाषा पनि सकेसम्म प्रयोग नगरम्। किनभने साझालाई सबैले त्यती तल्लो स्तरले लिएको छैन। जहाँसम्म विषय बस्तुको कुरा छ, नेपे जीले जुन समाचार यहाँ टाँस्नू भो त्यसको स्तर न्युन भएको कारणले नै यी यती कुरा निस्केका हुन्। धेरै जना कै सहभागिता भएछ, शान्ति -यालीमा । शान्तिको पक्षमा उत्रिदा खेरि "मण्डले" भनेर आरोप लगाउनु पनि युक्तिसगंत हुँदैन। यसलाई पनि कसरी लिने, कसरी परिभाषित गर्ने भन्ने कुरा मात्र फरक हो। देशलाई अहिलेको स्थितिबाट निकास दिई शान्ति स्थापना गर्न राजाको नेतृत्व अथवा भनौँ अग्रसरताको आबस्यक छ, यो कटु सत्य हो र माओबादीले पनि बुझेकै यथार्थ हो। जब कि माओबादीले माग गर्दै आएको सम्बिधान सभामा मन्जुर हुन वा नहुन कोहि पनि प्रधानमन्त्रीसित अधिकार नै छैन। अबको शान्ति वार्ता भनेको राजासित सिधै हुन्छ ढिलो होस् या छिटो। यसका लागि मध्यस्तकर्ताको आबस्यकता त अपरिहार्य छ, जुन कुरा अघिल्ला असफल शान्ति वार्ताहरुले पनि देखाइसकेका छन्। केबल बिदेशी सहयोग बन्द गर्दा माओबादीहरु बलियो हुँदै जान्छ र देशमा झन भन्दा झन आतंकबादले ग्राह्ता पाउँछ। त्यो नहोस् भन्नका लागि यो -याली र यसले पेष गरेको ज्ञापनपत्र अनोचित भन्दै पेष गर्नेहरुले नेपालको झण्डा बोके भन्दैमा "मण्डले" भन्दै हिड्न नमिल्ला जस्तो लाग्छ।
Read Full Discussion Thread for this article