Posted by: newuser March 15, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
भकुण्डोमा जब हावा टनाटन भरिन्छ, त्यो निकै नै चञ्चल हुन्छ । हल्का र्स्पर्शले पनि त्यो फुत्त उप्रिmन्छ । लाग्छ, 'जिन्दावाद' र 'मर्ुदावाद' को स्वभाव पनि त्यस्तै रहेछ । छेकथुन, आखेट र कुल्चाइमा परेर विचार मानिसका चित्तरूपी ब्लाडरमा टन्न भरिएपछि 'जिन्दावाद' र 'मर्ुदावाद' को भाकामा त्यो विस्फोट हु?दो रहेछ । जब छेकथुनको कारखानाबाट विस्फोटक भकुण्डाहरूको उत्पादन तीव्र गतिमा हु?दैजान्छ त्यो बेला सहर मानव-भकुण्डाहरूले भरिएर चैत २४ गते आउ?दो रहेछ । यो काकाश्रीले अतितका पाना पल्टाएर भनेको सा?चो बेहोरा हो । इतिहास भन्छ, हाम्रा निर्दलवादी बन्धुहरूका निमित्त चैत २४ गते अप्रिय दिन हो । जब त्यो दिन आउ?छ, यी बन्धुहरूमध्ये कतिपय आप\mनो अधो-वस्त्र भिजाउ?दै दसगजापारि कुलेलम ठोक्छन् । प्रत्यक्ष उदाहरण श्रीलंकावासी श्री टी. गिरीका सल्लाहकार श्री शरदचन्द्र शाह हुनुहुन्छ । आफूलाई लाभ र अमनचैन हुने भए देशलाई सम्भिmटोपल्ने, नहुने भए धनको थैलो बोकेर मुग्लान भासिने निर्दलवादीस?ग आप\mनो माटोमा उभिएर लड्न र जिउनका निमित्त कुनै आदर्श हु?दैन । तीस?ग केवल स्वार्थको अगस्ती झोली हुन्छ । तीस?ग केवल भक्तिको चिप्लो बोली हुन्छ । तिनका अन्तरमा जनसाधारणका शिरमा गिर खेल्ने उत्कट लालसा हुन्छ । र, तिनका चित्तमा धन सञ्चय गर्ने अतिशय तृष्णा र सोख-बिलास गर्ने असीम लिप्सा हुन्छ । देशभक्तिको भजन त लोकतन्त्रको गर्धन कलमी गर्ने तिनको अस्त्रमात्र हो । निहित स्वार्थ पूरा गर्ने मार्गमा किञ्चित् व्यवधान पैदा भयो कि ती देश र दुनियालाई चटक्कै माया मारेर विदेशतिर पाल्छन् । जसरी श्री टी. गिरी श्रीलंका र श्री शरदराजा सिंहापुर पाल्नुभएथ्यो । राजनीतिका निर्वाचित कर्ताहरूको नालायकीको नतिजास्वरूप लेकतन्त्ररूपी र्सर्ूयमा ग्रहण लाग्दा निजश्रीहरूलाई आप\mनो गुमेको र्स्वर्गको स्मरण भयो र हामी अनाथहरूलाई दर्शन दिन हाल यतातिर पाउकष्ट गर्नुभएको छ । कुन्साङ काका भन्छन्, आप\mनो मनोकाङ्क्षा पर्ूण्ा नभएका दिन हाम्रा विदेशवासी यी बन्धुहरूको फिर्ती सवारी पक्का पनि उतै हुनेछ । जसले सत्तारूपी जर्सर्ीीाईलाई दुहेर दौलत थुपारेका छन्, तिनलाई त जहा? गए पनि भएकै छ । तर, हामी दिनदिनै बुद्धि र पाखुरा चलाएर जेनतेन प्राण धान्ने ससाना मानिसहरूका लागि भने नेपाल नै र्सवस्व हो । त्यसैले हामीलाई नेपालको माया छ, र हामीलाई नेपाललाई सुन्दर बनाउने लोकतन्त्रको पनि माया छ । Padhne mitra harule ek dui bachan pratrikriya janaudai garnu bhaye lekhna hausala milne thiyo. Tara mathi ko ta mero haina hai, Khagendra Sangroula ko ni.
Read Full Discussion Thread for this article