Posted by: newuser March 15, 2005
Thinking Impartially and sensibly
Login in to Rate this Post:     0       ?        
Just filling in the gap effort while I am busy with my stuffs: worth reading extract. Courtesy - Kantipur, wednesday विचार, छेकाबार र भकुण्डो खगेन्द्र संग्रँैला - स्वतन्त्रता र न्यायको चेतना घुलमिल भएको विचार ज्याद्रो हु?दो रहेछ । जतिसुकै छेक, जतिसुकै खेद, जतिसुकै सताऊ, त्यो मरिगए निहुरिन नमान्ने । हालको रीतिस्थितिमा यो कुरा बुझियो ।सुलसुले लगाएर विचारलाई पक्राउ गर्न त सकिन्छ नै, तर सत्य र न्यायको अस्त्रद्वारा सुसज्जित विचारलाई प्याकिसबन्दी गरेर धेरै समय कजाउन र कु?ज्याउन भने कठिन छ । हिटलरले बेपत्ता कोसिस गरे, सकेनन् । कालान्तरमा मुसोलिनी आफै? मुसो भए । पाप धुरीबाट कराएपछि पिनोसे तेल निख्रिएको पिनाझै? पद्दु भए । जीवनको ठूलो सा?झमा पुगिसकेका फुकिढल ती बूढालाई कठालामा समातेर न्यायको कठघरामा उभ्याइ?दा कठैबरा ? भनेर चुकचुकाउने कोही भएन । पढ्नुमात्र पर्छ, इतिहासमा उदाहरण बग्रेल्ती छन् । अहिले माननीय रमेशनाथ पाण्डेलाई जेनेभामा राष्ट्रसङ्घको छातामुनि ठिङ्गे लगाएर सोधि?दै होला, एक्काइसौ? शताब्दीमा अठाह्रौ? शताब्दीको जस्तो छेकथुनको नीति लिने तिमीहरू कहिलेका हौ - मान्छेलाई छेकेर छेक्नै नसकिने विचारलाई छेक्ने धृष्टता गर्नेहरूका लागि यो सकसपर्ूण्ा सङ्कटकाल हो । सरकारी इच्छा र आज्ञाको भजन गाउन जति पनि छुट छ । तर, उक्त इच्छा र आज्ञामाथि प्रश्न गर्न, सन्देह गर्न र विमति प्रकट गर्न भने पर्ूण्ा निषेध छ । तथापि राप र तापसहितका विचारहरू लुकीलुकी भए पनि अन्धकारका पत्रभित्रबाट बोलिरहेकै छन् । अहिले मुलकभित्रका निसासिएका बोलीहरूमा विचारको ताप र आवेगको राप भर्न मुलुकबाहिर जगतैभरि छरिएर बसेका नेपालीहरू समवेत स्वरमा बोलिरहेका छन् । त्यसैले त कुन्साङ काकाले भनेका हुन्, थानकोट र त्रिभुवन विमानघाटमा सम्मानित नागरिकहरूलाई अपमानपर्ूवक छेकेर विचारको प्रकाश, त्यसको गति र त्यसको शक्तिलाई छेक्न असम्भव छ । विचारलाई छेक्न खोजेर विचारको बीउ मासि?दो रहेनछ, बरु त्यो त अचम्मस?ग केन्द्रित र संचित पो हु?दोरहेछ । पाखुरा बजारेर पम्पले मारी हावा पेल्दा भकुण्डोमा हावा केन्द्रित र संचित भएजस्तै । विचारलाई चलखेल गर्न नदिन बहुल विचारविरुद्ध सडकैभरि बुटहरूको बिगबिगी छ । विचारलाई तर्सर्ाा सडकैभरि अनेकओली यन्त्र र उपकरणहरूको पर््रदर्शन गरिएको छ । अझ त्यसमाथि सहरभरि सुलसुलेहरूको सरगर्मी छ । पत्रिका पसलमा सुलसुले, चिया पसलमा सुलसुले, चोक र चौतारीमा सुलसुले, डबली र गल्लीमा सुलसुले, सञ्चार प्रतिष्ठानमा सुलसुले, विद्यालय र मदिरालयमा सुलसुले, देवालय र मूत्रालयमा सुलसुले, जताततै सुलसुल्यै सुलसुलेको जंगल छ । तैपनि सहरमा दिनदिनै मानौ? शून्यबाट 'जिन्दावाद' र 'मर्ुदावाद' को भाकामा विचारहरू कतै लुक्दै र कतै फुक्दै नित्य यात्रा गरिरहेकै छन् । स्वतन्त्रता र स्वाभिमान, न्याय र नैतिकता, लोकतन्त्र र लोकल्याणका उदात्त भावनाहरूमा भिजेका विचारहरू सुलसुले बन्धुहरूका आ?खा छल्न सिपालु हु?दा रहेछन् । देखेर जानियो ।
Read Full Discussion Thread for this article