Posted by: dodhare March 14, 2005
Pro-coup rally in DC: A tabloid news
Login in to Rate this Post:     0       ?        
माओवादी ज्यादतीबाट पिडीत भएर आफ्नो गाऊं तथा देशबाटै विस्थापित हुन बाध्य ब्यक्तिहरुलाई हांस्यको पात्र बनाएर शान्ती स्थापनाको समर्थनमा सहभागि बन्ने सबैलाई मण्डलेको संग्या दिंदै उनीहरुको भनाईलाई जनसामु ल्याउनुको सट्टा उल्टै आफ्ना विचारहरु लादेर माथिको लेख लेख्ने पत्रकारको सही मुल्याङकन गर्न पाठकहरुलाई पक्कै गाह्रो परेन होला। तर मेरो आप्पत्ति त्यो स्तरहीन लेखाइप्रति हैन, केवल उनले अर्को पत्रकारलाई भनेको भनाईप्रति मात्र हो। " ... आफूलाई पत्रकार हुँ भनेर पत्रकारिताको मर्म र धर्म समेत नजान्ने ... " उनले लगाएको त्यो आरोप सत्य या झूठो जे भएपनि उनको आफ्नो असलि चरित्र उदाङ्गो पार्न भने यसै लेखका आधारबाट कुनै कसर बांकी राखेका छैनन्। ती महासयको लेख पढ्यौ, अब अनुहार पनि हेरौ।
Read Full Discussion Thread for this article