Posted by: Dada_Giri March 14, 2005
Timi Meri Budhilai Kina Herchhau?
Login in to Rate this Post:     0       ?        
ल, दोहोरी खेल्दाखेल्दै बिहान भाले बस्ने बेला भइसकक्यो। नाच्ने, गाउने, ताली बजाउने, सबैलाई धन्याबाद है! चुनामीले पखाल्दैन देश बनाउने मन! डमरु त एउटै वनमा नअटाउने रैछ सिकार खेल्न पराइ वनमा जानै पर्दो रैछ कति खन्छौ कन्तो मात्र आउँछु भनीहालेँ स्वागत गर्न काटिहाल त्यही कालो भाले! *** *** *** आफ्नै देशको झण्डा बोक्दा मण्डले नै भइयो प्रजातन्त्र जोगाउँ भन्दा भ्रस्टरक्षक भइयो न्याय चाहियो भनौँ भन्दा उग्रबादी भइयो केही उपाय नलागेर बाहिरतिर गइयो! *** *** *** अन्याय र अत्याचारलाई नसहने भइयो कलम रुपी तरबार लिई लडाकु नै भइयो अत्याचारलाई मास्न खोस्छ मेरो पनि मन कर्तव्यको सिमा छ र? लौ न मलाई भन! *** *** *** भुटानी नि अभागि हुन्, गल्ति तिनको हैन तिनका राजा परे उस्तै ढुगांको नै मन सबले नेपाल बनाउनु छ, हो कि हैन भन? चुनामीले पखाल्दैन देश बनाउने मन! *** *** ***
Read Full Discussion Thread for this article