Posted by: Mitra 2 March 6, 2005
M. J. uncle
Login in to Rate this Post:     0       ?        
एम. जे. अंकल नेपालबाट एम. जे. अंकल अमेरिका आएको पनि अस्ति फेब्रुवरी १७ का दिन ठ्याक्कै ९ महीना पुगेछ। ६ महीनाको टुरिष्ट भिसा लाएर बुढाबुढी नै नाती हेर्न छिरेका हुन। तर फर्किहाल्नु पर्ने जरुरी पनि नभएको र देशमा शान्ती पनि नभएको निहुमा अर्को ६ महीनाका लागि भिसा थप गरेर बसेका हुन्। काकाको नाम खास त जंगविर हो तर गाउंमा सबैले जंगे भनेर चिन्छन्। तेसमाथि हाम्रा त १३ दिने काका नै हुन्। हामी चै उनलाई अगाडि भाको बेला माथ्लाघरे काका र पछाडिबाट चै जंगे काका भन्थ्यौ। त्यही हिसाबले अहिले वाहां माथ्लाघरे जंगे काका अर्थात एम. जे. अंकल हुन पुग्नुभो। अमेरिकामा बस्या बेला उनको नाउंलाई अमेरिकरण गर्नु त छदैथियो, त्यसमाथि पनि उनको अमेरिका बसाइको कथा झण्डै झण्डै माइकल ज्याकसनसंग मिल्दोजुल्दो भा भएर पनि ऊ एम. जे. अंकल कहलिन पुगे। कुरो के भएछ भने एकदिन काकाले एपार्टमेन्ट अगाडि केटाकेटी खेल्ने ठाममा नातीलाई नाङ्गै लिएर गएछन्। नलगुन पनि किन? यो गर्नु हुन्न, त्यो गर्नु हुन्न, यहांको चलन यो छ भनेर त उनीहरुलाई भन्नै नहुने ? हाम्रो त टिप्पा खेलाइहाल्ने। तिमीहरु नै जान्ने, हाम्रा त छोराछोरी - अरु नाती नातिना त्यसै हुर्केका? अब हामीलाई यहां भाषा आउदैन भनेर तिमीहरू केटाकेटीको स्याहार गर्न पनि सिकाउने भयौ हैन? अमेरिका आएर आफुलाई जान्ने र अरुलाई नजान्ने नसम्झ बाबै हो भनेर नानाथरी भट्याउन थालिहाल्थे। छोरा बुहारीले त धेरै पैले देखि सिकाउन छाडि सक्याथे तर पनि हाम्रो भनाइलाई अलिक सहज रुपमा लिने भएकाले भनी टोपल्थ्यौ। तर केटाकेटी जस्तो जे हुदैन भन्यो त्यै गर्नु पर्ने। अमेरिका भएपनि नातीलाई चै पुरा नेपाली पाराले हुर्काएका थिए। नाती पनि खाइलाग्दो र बाजे बज्यै भनेपछि हुरुक्क हुने। तोरिको तेलमा मेथी र के के जाती फुराएर मालिस गरेर काकीले नातीलाई शिर देखि पाउसम्म सधै टल्काएर राखेकी हुन्थिन्। नेपालबाट सिलाएर ल्याका ढाकाका दौरा-सुरुवाल फेरिफेरि लाउथ्यो। गर्मी होस या जाडो अरु लुगा टाढै जांदा मात्र लगाउन पाउथ्यो। घरभित्र बस्दापनि चिसो गाढिन्छ भनेर दौरा र भित्री भोटो सधै लगाइदिई राख्ने। फेरि तल ?पप्पी? चै गुम्सिन्छ भनेर डाइपर लगाउनै नदिने।
Read Full Discussion Thread for this article