Posted by: Dada_Giri March 4, 2005
Login in to Rate this Post:
0
?
तिमी मेरी बुढीलाई किन हेर्छौ?
बिहे गरेँ
सबैलाई बुढीको परिचय गराउन साझामा आएँ,
सबैको बधाइ खाएँ!
बुढी मेरै हो
बुढीले लगाऽको सिक्री नि मेरै हो
बधाइ दियौ त के भो?
ठिकै भो!
सिक्रि हेर्ने निहुमा
तिमी मेरी बुढिलाई किन हेर्छौ?
***
मेरी बुढीलाई नि गजल मन पर्ने
गजल फर्माइस गरेकै थिएँ
ऊ त्यो गजल सुनाउने दाइ!
हैन, मीठो गजल सुनायौ त के भो?
ठीकै भो!
एक रुपिञाको नोट दिएकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
सालीको फोटो देखाऊ! रे?
ऊ त्यो, कन्फ्युज्ड भाइ!
सालीको फोटो हेर्न मन भए मलाई भन न
डिजिटल क्यामेरा मेरै हो
फोटो अपलोड गर्ने म नै हो
सालीको फोटो हेर्ने मन भो त के भो?
ठीकै भो!
फोटो पठाइदिम्ला भनकै थिएँ!
साली राम्री छे भनेकै थिएँ
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
***
भाउजुको SLC कुन स्कुलबाट? रे!
ऊ त्यो पुन्टुरे भाइ!
जुन स्कुलबाट भए नि के भो?
मैले बिहे गरेसी तिम्री भाउजु न हो?
स्कुलको नाम सोध्ने भए मलाई सोध न
बुढी मेरै हो
भाउजुको सर्टिफिकेट मैसित छ?
स्कुलको नाम सुन्न मन भो त के भो?
ठीकै भो?
तर
तिमी मेरी बुढीलाई किन हेर्छौ?
Thanks to the original writer of
माइल्दाइकोचिया पसल