Posted by: Dada_Giri February 26, 2005
च मे
Login in to Rate this Post:     0       ?        
Newuser bro, La sundai jam mero kathaa ani hamro parichaya hudai janchha. (माथिको घटना हुनु अगाडिकै कुरा हो।) अँ, अनि भ्रमणमा जानी जानी भनेर उचालिएम्। सरहरले स्विकृती पनि दिएनन्, लिएर जानी त कुरै छोड्दिम् न। म पानी खान जानी निऊ पारेर निस्केँ। पानी खान ऊ पर खोला नजिकैको धारोमा जानु पर्थ्यो। म निस्केसी आत्माराम र सन्जु पनि त्यस्तै त्यस्तै निऊ पारेर निस्के। अनि हामी दगुर्दै दगुर्दै छेल पार्दै पार्दै माथितिर लागेम्। वन आयो, वनाँ पसेसी ती काफल र औसेलु त कति कति नि लतरम्म थिए। खानै नसकिने। हाम्ले टिपेर दिनी सन्जुलाई। सन्जु वनाँ जान नजानेकी, त्यसैमाथि त्यो हिल चप्पल लार वनाँ जानी । के भन्नी अब नजानेसी। हाम्ले टिप्दै दिँदै आत्माराम र मेरो त कम्पिटिसन नै भो। त्यो छँडुलीलाई काफल र औसेलु दिनी। त्यो औसेलुको काँडाले यता घोचेको छ उता घोचेको छ, तानेर फाल्दा फाल्दै हैरान। बाटो नि कहाँ हुनु, झाडी पन्छाउँदै हिन्दै। अनि वनका बिचाँ अन्धाअन्धि दह पनि आयो। सानो खोल्सा छ, त्यँही हो अन्धाअन्धि। नजिकको तिर्थ हेलाँ भन्या जस्तो म नि दह मै पुग्या त पहिलो पटक हो नि फेरि। सन्जुलाई त, कति आइयो कति, भनेर गफ दिएँ। दह नजिकै त यस्तो अँध्यारो त्यो मध्यदिनमा पनि। फेरि खाँदै खाँदै हामी तल झर्दै थिएम्। त्यो सन्जु त झागंले अल्झाएर झ्वाम्मै तल झरी, आबुई! भन्दै। दुई बर्ल्यागं खेलेसी तल गएर अल्झी धन्य कटुसको रुखले छेक्यो तेल्लाई त। के भो, के भो? ठीकै छ? भन्दै हामी गएर यसो उठाएम्। अनि हिजो मात्र फुकाल्या भन्थी दाँत बाट रगत आइराऽ। अरु त ठिकै थियो दुख्या सुक्या भन्दा नि घर थाऽ पार मार्छन् भन्ने पिर तेल्लाई! अनि तल खोल्सामा पुगेर खुट्टाको जुकासुका तानेर, हातगोडा मजाऽले पखालेर, झोालसोला बोकेर अनि फर्केम्। स्कुले सबै फर्किने ट्याम मिलाएर। भोलिपल्ट मलाई र आत्मारामलाई सकुलाँ कुरा काटेका। "सन्जुको पो*!" भन्दै के भन्नी अब। केटीका मुखाँ हेर्न नि नहुनी अरे हाम्ले। तेल्ले केटी हरलाई अलिअलि औसेलु बाँड्दै थिई, काँ लुकाकी रैछे कुन्नि। अरु त ठिकै थियो त्यसको त फुली नै हराएछ। अनि घराँ था पार गालि नि खाइछ। केटाहरुसित वनाँ जानी? त्यसैमाथि फुलि हारार आम्नि? भनेर।
Read Full Discussion Thread for this article