Posted by: Dada_Giri February 21, 2005
For a Democratic Republic of Nepal
Login in to Rate this Post:     0       ?        
>I am for the Democratic Repulic and the New National Flag with the Mout Everst Tip along Daphe chari and Laliguras!!!! Standforyourrights जी, राजतन्त्र, सँबैधानिक राजतन्त्र, निस्कृय राजतन्त्रात्म प्रजातन्त्र, पुर्ण प्रजातन्त्र, गणतन्त्र देखि माओबादसम्मका बिबिध धारहरुको बहस पहिले पनि भएकै हो। रुचि भए तलको लिन्क पनि एक पटक हेर्न सक्नुहुन्छ। र यहाँ म तिनै कुराहरु दोहोर्याउने पक्षमा छैन। http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=18493 तर तपाईँले नेपालको झण्डाको कुरा उठाएर एउटा रोचक प्रसगंको सुरुवात गर्नुभयो। ०४६ सालको आन्दोलनपछि नेपालको राष्ट्रिय गीतमा परिवर्तन हुन्छ भन्ने कुरामा व्यक्तिगत रुपमा म विस्वस्त थिएँ परन्तु त्यसो हुन सकेन। यसमा टड्कारो रुपमा कसैले पनि वास्ता गरेन सायद सबै त्यसपछि हुने संसदीय निर्वाचनमा केन्द्रित भैसक्या थे र होला। नेपालको राष्ट्रिय गित एकपटक संझेर ल्याउनुस् त शब्दपिच्छे चित्त नबुझ्दो छ। न त प्रजातन्त्रलाई समेट्न सक्छ न त नेपाललाई नै।
Read Full Discussion Thread for this article