Posted by: Dada_Giri February 7, 2005
NAC Press Release
Login in to Rate this Post:     0       ?        
२) म प्रजातन्त्र! प्रजातन्त्र!! भनेर ठूल्ठूलो स्वरलरे कराउँछु, तर हाम्रो पार्टीभित्रै प्रजातन्त्र छैन। सँधै म मात्र पार्टि सभापति, संसदीय दलको नेता एवं प्रधानमन्त्री, अरु त पाखा! पाखा!! गुनेशमानजी, किसुनजी, देउवाजी सऽब कता गए कता, मेरो कारणले गर्दा हो। मैले आफ्नो वरिपरि राम्रो मान्छे पर्न दिइन किनभने राम्रो मान्छे आयो भने त सत्ता लगिहाल्छ नि भन्ने मलाई सँधै जगजगी थियो, मलाई सँधै धौ धौ थियो, जुन ब्यथा अहिले ज्ञानेन्द्र राजालाई सरेको छ। भन्न खोज्या कुरा के भने, यसमा पार्टीको बिधानमाथि सम्सोधन गरेर भएपनि पहिला पार्टीबाटै पर्जातन्त्र सुदृढ गर्थेँ होला किनभने नेपाली कान्ग्रेस पार्टि नेपालभित्र प्रजातन्त्रको गुरु मानिन्छ। ३) मैले नव प्रतिभाको कहिल्यै कदर गर्न सकिन। सडकमा मात्र उत्रिन लगाएँ। पार्टिको नेतृत्व बिस्तारै युवावर्गसम्म त के कुरा एक पिँढी तलतिर पनि जान दिइन। यसमा बिचार पुर्याउनु पर्थ्यो। आदि आदि नेपेजी!
Read Full Discussion Thread for this article