Posted by: Dada_Giri February 7, 2005
NAC Press Release
Login in to Rate this Post:     0       ?        
कति गाह्रो प्रश्न दिएर गाऽऽ नि नेपेजी पनि। पख्नुस् म नि जान्या छु। तैपनि पहिला इमान्दारीपूर्वक उत्तर दिन पट्टि लाग्छु। यदि म गिरिजा हुन्थे भने... ... ... (If I were Ram Singh, I would drive the care carefully...यो ९ क्लासको कोर्समा थियो हाम्रो पाला, नेपेजी पुरानो शिक्षा भएकोले थाहा छैन होला।) (म गिरिजाको हात र औँला ठडिएको छ, है।) सर्वप्रथम: त नेपालमा २०४६ सालमा आएको शिषु अबस्थाको यो कलिलो प्रजातन्त्रलाई १३ वर्षमै साँढेले जस्तो निमठ्न दिने थिइन। १) मेरो लिँढे ढिपीले माओबादी समस्या चर्किँदै गएको हो, यसमा दुई मत छैन, बाबुराम र प्रचण्डजीको पनि चेतना भया। यस्तो दुर्दशा हुन्छ भन्ने जान्या भे त बेलैमा लचकता अपनाएर समस्या सुल्झाउनतिर लाग्ने थिएँ होला।
Read Full Discussion Thread for this article