Posted by: Nepe February 6, 2005
Do we have any right person to run the country?
Login in to Rate this Post:     0       ?        
अर्थात कारण ठम्याउने र त्यो कारणलाई हटाईदिने, यसरी दिगो समाधान निकाल्ने कुरो आजको आवश्यकता थियो । ज्ञानेन्द्रले चै कारण हैन की कारणीलाई नै सिध्याएर समस्या पनि खत्तम हुने, आफुपनि एकलौटी गर्न पाईने महेन्द्रमाली विद्या अन्सारको अभियानमा जुटेर लागेको छ । उसको सफलताको लागि प्रार्थना गर्ने मान्छे चि छन् केही । तर उसको सफलतामा विश्वास गर्ने मान्छे चि एउटा पनि छैन । कोही भए निक्लम यहाँ । Real people लाई भनेको है, Imaginary people (Nicknames मात्रका) त जतिपनि जेमा पनि निकाल्न सकिन्छ । अब कारणीलाई छोडेर कारणतिर लागम् । त्यो कारण चै माला नै हो, तर महेन्द्रमाला होईन । गाईको घाँटीमा बाँधेर झुण्ड्याउने घाँडो हो त्यो । हाम्रा जनप्रतिनिधीहरुसँग जनहुकुम त थियो, तर त्यस्लाई तेजोबध गर्ने राजतान्त्रिक घाँडो पनि घाँटीमै झुण्डेको थियो । त्यसको overall असर त्यो गाईकै जस्तो भो जो चौरमा चर्न नगएर नजिकैको बाली चोरेर खान्छ । गिरिजे बाली चोर, माधे बाली चोर, सप्पै बाली चोर । अनि माओबादीले चौरमा डँढेलो लगाए, क्रान्ति गर्छम भनेर । त्यो घाँडो नहटाई गाई नै मारेर यत्राको निस्कन्छ समाधान !
Read Full Discussion Thread for this article