Posted by: Dada_Giri February 6, 2005
NAC Press Release
Login in to Rate this Post:     0       ?        
तर यहाँ कुरा के भने नि, तेइ नि यो अमेरिकामा बसेर सप्पैले पहिला पेटभरि म: म: खाएछन्, अनि फर्किने बेलाँ एउटाले लेखेको विज्ञप्ती यसो हेरेर "अनि हुन्छ! हुन्छ!! निकालम्! निकालम्!!" भनेर हिँडेछन्। (श्रोत प्रेम दाइ) अनि नेपाललाई एड सेड नदेऊ, हाम्रा खलकको हातमा सत्ता नपरेसम्मलाई मरी काटे नदेऊ !भनेर विज्ञप्ती निकाले। पछि फेरि माग्नै पर्छ, अहिले काट्न लगाऽर के गर्न खोज्या हुन्। यो त पानीको मुहानमा विष हाल्न हिँडेजस्तो भो के। दुष्मनीको नि हद हुन्छ नि। "कि अर्कै कुवा बनाऊ! कि नकाराऊ!!" भन्या के मैले त। अमेरिकामा प्रजातन्त्र छ। (रे! है म त गाऽ छैन।) नेपालाँ फोन गर्न पाइन्न। लंकामा सुन छ कान मेरो बुच्चै भनेको यही हो। हाम्रा पुर्र्खाले यसै उखान टुक्का राख्या छन्? कति वर्षको अनूभव पछि उखान टुक्का बन्या छ नि। मनासिब हो रे छ। अनि अर्कोतिर,महाभारतमा त कमसेकम संख फुकेसी युद्दबिराम हुन्थ्यो, यहाँ त संख फुके नि, सरकार बदले नि मतलब नहुने भो। अस्तु!
Read Full Discussion Thread for this article