Posted by: Dada_Giri February 5, 2005
NEPALI RAJNITI &MADAB NEPAL?S WRINKLY (KHUMCHIYEKO) PAIJAMA
Login in to Rate this Post:     0       ?        
राजाले यसो गर्नु अगाडि यिनीहरुलाई अप्रतक्ष रुपमा सोधेका हुन्। १। माकुनेसितको कुराकानि राजा: हेर माकुने, अब स्थितीले सिमा नाघ्यो, सरकारले चुनाब त के कुरा वार्ता पनि गर्न सकेन, तेरो के बिचार छ? माकुने: सरकारसित सिधै वार्ता गर्ने भनेका छन् सरकार। जुन सरकार आए नि वार्ता गर्न गाह्रो छ कि एकपटक म गरेर हेर्छु, कि सरकारले सिधै कुरा गर्नु पर्छ। राजा: तिम्लाई प्र म बनाउन खोज्दा भारत र यु एसले निहु खोजे नि त। मानौँ न यदि मैले सबै हातमा लिएर गर्न थालेँ तिमीहरु चुप लागेर बस्छौ कि फेरि रत्नपार्के नेतासित मिसिन जान्छौ? माकुने: हामी अब जान्नम्। बरु घरमै बस्छम्। सरकारले सुरक्षा प्रदान गरिबक्सिनु पर्छ। घरमै बस्दापनि माओबादीले फोन गरेर बस्न खान दिँदेनन्। मोरा अखिले विध्यार्थी पनि कराउँछन्। राजा: त्यो त म फोन सोन काट्दिम्ला घरमै नजरबन्द भन्दिम्ला नि। सुरक्षाको चिन्ता लिनु पर्दैन। सकिन्छ भने स्वागत भाषण दे न त। माकुने: सरकार! मेरो यसमा पुर्ण समर्थन छ ब्यक्तिगत रुपमा, तर औपचारिक रुपमा त बिरोध गर्न खोजेको जस्तो नै हुनुपर्छ नि सरकार म त । राजा: (हाँस्दै)ल जा त।
Read Full Discussion Thread for this article