Posted by: Dada_Giri February 2, 2005
To all Sajha Gazal Lovers
Login in to Rate this Post:     0       ?        

नेपालीमा भन्दाखेरि यस्तो हुन जान्छ: जिर्ण पोखरी भ्यागुतो उफ्रेको जल आवाज हुन पनि यी हाइमा धेरै गहिराइ छ । जस्तो अब आँखा चिम्लेर याद गर्नुस् न, श्रावण या भाद्र महिनाको बेलुका पखको शितल र शान्त बेलामा तपाईँ पुरानो पोखरिको छेऊमा बसिरहेको बेला एउटा भयागुतो त्यो पोखरीको पानीमा त्यो मधूर शान्ततालाई भगं गर्दै सानो तपलक्क गर्ने आवाज निकाल्दै उफ्रयो रे के। यसले त्यो वर्षा ऋतुको पनि वयान गर्न सक्छ, त्यो शान्त क्षणको पनि वयान गर्न सक्छ, त्यो शान्तताको भाव पनि बोकेको छ, त्यो आनन्दको अनूभुति पनि अनि त्यो भयागुतो भन्ने प्राणिको पनि ... ... ... ब्याख्या गर्न थाल्यो भने टुंगो नै लाग्दैन।
Read Full Discussion Thread for this article