Posted by: Dada_Giri February 2, 2005
To all Sajha Gazal Lovers
Login in to Rate this Post:     0       ?        
प्रभातजी, हाइकुप्रतिको तपाईँको जिज्ञासा सह्रानीय छ। हाइकु त जापानी शब्द नै हो। कतिपय जापानी शब्दहरु अंग्रेजी या अरु भाषामा पनि दुरुस्तै प्रयोग भएको पाइन्छ।(जस्तो यस अगाडि एउटा सुनामी भन्ने शब्द खुब प्रयोगमा आयो, त्यो पनि जापानी शब्द थियो। खेलकुदमा कराँते पनि अर्को उदाहारणको रुपमा लिन सकिन्छ।) हाइकु जापानमा १६,१७ औँ शताब्दितिरै सुरु भएको पाइन्छ। हाइकुले छोटो शब्दावलीमा प्रकृती, कुनै क्षण वा पलको बिस्तृत र गहिरो वयान गरेको हुन्छ रे! यसमा खासगरि ३ हरफ हुन्छन्। पहिलो हरफमा ५, दोस्रोमा ७ र तेस्रोमा ५ गरी १७ अक्षरले बनेको हुन्छ। बास्यो मात्सुओले लेखेको यो तत्कालिन हाइकु निकै लोकपृय छ। यसलाई ग्रन्थकै रुपमा धेरै साहित्य प्रेमीहरुले बिस्तृत रुपमा ब्याख्या गर्ने जमर्को पनि गरेका छन्। फुरुइकेया कावाजु तोबिकोमु मिजुनो ओतो
Read Full Discussion Thread for this article