Posted by: nispaksha February 1, 2005
King's step: Things to be watched next
Login in to Rate this Post:     0       ?        
खै जति नै आशावादी कोण बाट हेर्दा पनि राजाको यो कदमको परीणती जोखिम पूर्ण नै देखिन्छ । हाल राजाको हातमा रहेको फाजिल राजनैतीक शक्तिको घाँसले माओवादीहरुलाई राजनितीको प्रजातान्त्रीक बाटोमा डो-याउन सकेमा मात्र ईतिहासले यो कदमलाई सही मान्ला नत्र सत्र सालको नयाँ तर भद्दा सँस्करणको (कु)रुपमा मात्र चित्रण हुनेछ। अत्यन्तै मिहीन, वुद्दिमत्ता र विवेकपुर्ण रणनिती र कार्यनितीको सम्योजन बिना यो कदमले राजतन्त्र र प्रजातन्त्र दूवैको हित नगर्ने निश्चित नै छ । तर यस्तो चूनौति दरवारका भुत्ते बुद्दियुक्त सल्लाहकार मण्डली ले थेग्न सक्ला र ? प्रकारान्तले नेपाली राजनितीको बाटो त साझाबासी नेपेजिले रेखाङ्कन गर्नु भएको जस्तो गणतन्त्रकै बाटो हो कि त ? त्यसै हो भने पनि अब त्यो बाटो शाही छहारीको कठ्याङ्ग्रीदो चौतारी हुँदै अर्को रापीलो लाल चौतारी बाट गुज्रनु पर्ने हो कि जस्तो देखिँदैन र ? -निष्पक्ष
Read Full Discussion Thread for this article