Posted by: Kancho January 31, 2005
King Gyanendra to make Royal Announcement
Login in to Rate this Post:     0       ?        
श्री ५ ज्ञानेन्द्रबाट प्रधानमन्त्री शेरबहादुर देउवा र सुरक्षा निकायका प्रमुखहरूलाई सोमबार सा?झ बेग्लाबेग्लै आकस्मिक दर्शनभेट दिइबक्सेेको छ । सा?झ ७ बजे प्रधानमन्त्रीलाई र त्यसको एक घन्टापछि चार सुरक्षा निकायका प्रमुखलाई दर्शनभेट भएको स्रोतहरूले जनाएका छन् । दर्शनभेट पाउनेहरूमा प्रधानसेनापति प्यारजङ थापा, नेपाल प्रहरी प्रमुख श्यामभक्त थापा, सशस्त्र प्रहरी प्रमुख सहवीर थापा र अनुसन्धान विभागका प्रमुख देवीराम शर्मा छन् । दरबारबाट फर्केपछि प्रधानसेनापति थापाले सेनालाई 'र्सतर्क' रहन निर्देशन दिनुभएको थाहा भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायका अधिकृतहरूलाई समेत 'हाइ र्एलर्ट' -उच्च र्सतर्कता) मा रहन निर्देशन दिइएको छ
Read Full Discussion Thread for this article