Posted by: Dada_Giri January 28, 2005
Swasthani Brata Kathaa: Part I
Login in to Rate this Post:     0       ?        
श्रीस्वस्थानी ब्रतकथा प्रथम अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगत्स्यमुनी, त्यहाँ उप्रान्त चन्द्रकान्त बजार लाग्दा भए। साइत गर्नु अगाडि आफ्ना दुई पुत्र तिर्थ र मंगललाई राम्रोसित बस्नु! घरको काम नबिताउनु! म बजार गएर आऊँछु, भनी आग्ज्ञा गर्दा भए। बजार पुगेपछि चन्द्रकान्तले एक टुक्रा नरिवल, अष्टोत्तर सय कुड्का पान, अष्तोत्तर सय कुड्का सुपारी, अष्टोत्र सय ल्वागं किन्दा भए। त्यहाँ उप्रान्त सबै किनमेल गरेको सामानहरु एउटा रुमालमा पोको पारी फर्किन लाग्दा एक जना विध्यार्थिले बाटोमा एड्स दिवसको उपलक्षमा जनजागरण बढाउने हेतुले पर्चा बाँड्दै गरेको देखे। ती बिध्यार्थिले चन्द्रकान्तको हातमा एउटा पर्चा राखिदिए। चन्द्रकान्तले त्यो पर्चा हात परेपछि, यो के होला? यी युवकले के दिएका होलान् भनेर जिज्ञासा राख्दै पोल्टोबाट आफ्नो चस्मा झिकी चस्मा लागाउँदा भए। चस्मा पुरानो थियो, चस्माको एउटा खुट्टा भाँचिएको थियो। जसको सट्टामा धागोले काम चालाइएको थियो। त्यो धागो लगेर कानमा बाँधेर मात्र चस्मा लगाउन मिल्थ्यो।
Read Full Discussion Thread for this article