Posted by: logan July 22, 2026
Login in to Rate this Post:
0
?
हाम्रो दिमाग कम्प्युटरजस्तै सूचनालाई प्रशोधन गर्ने प्रणाली हो, तर यसको जटिलता केवल कोड र गणनाभन्दा धेरै पर छ।
आँखाले देख्ने र पढ्ने कुरा एउटै हुन सक्छ, तर त्यसको अर्थ, सार र निष्कर्ष निकाल्ने प्रक्रिया भने हरेक व्यक्तिको अनुभव, ज्ञान र सोचअनुसार फरक हुन्छ।
हाम्रा दिमाग पनि आफ्नै प्रकारका “कोडिङ” बाट बनेका हुन्छन्। सामान्य आवश्यकतामा—जस्तै भोक, तिर्खा वा पीडा—बुझाइ मिल्न सक्छ, तर विचार र अनुभूतिको संसारमा विविधता स्वाभाविक हुन्छ।
त्यसैले “मलाई उपयोगी भयो, तिमीलाई पनि हुन्छ” वा “मलाई राम्रो लाग्यो, तिमीलाई पनि राम्रो लाग्नुपर्छ” भन्ने सोच सधैँ सही हुँदैन।
स्वतन्त्र सोच र विवेक नै मानिसको वास्तविक पहिचान होईन र ?