Posted by: logan February 16, 2026
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Login in to Rate this Post:     0       ?        
अमेरिकी राष्ट्रपतिलाई सम्मानपूर्वक शान्ति नोबेल पुरस्कार नै हस्तान्तरण भइसकेछ रे! तर Donald Trumpको होटलमा २० फिट अग्ला अक्षर राखेर पनि नपुगेपछि अब के गर्ने भन्ने चिन्ता देखिन्छ।

इतिहास हेर्दा तानाशाहहरू कार्यकालमै आफ्ना ठूला–ठूला सालिक ठड्याउन रमाउँछन्। अब कतै White House नजिकै, वा Abraham Lincolnकै सालिकभन्दा अग्लो मूर्ति राखेर “अपग्रेड” गरिदिने पो हुन् कि! John F. Kennedy Center for the Performing Artsको नाम फेरिएपछि सूची त सुरु भइसक्यो जस्तो छ।

भोलि कतै Barack Obama र Michelle Obamaलाई सामाजिक सञ्जालमा जंगली जनावरको रूपमा देखाउने मानसिकता नै “राष्ट्रिय कला” घोषित गरिएला कि! अनि Martin Luther King Jr.को सालिक हटाएर आफ्नै फोटो राखे पनि अचम्म नमानौँ। नभए मेक्सिको सिमानाबाट १० माइल टाढैदेखि देखिने मूर्ति अमेरिकी सिमाना तर्फ त पक्कै बनाउलान, यसको अर्को आसय : अमेरिका छिर्न आउनेहरुलाइ तर्साउन र हतोत्साह गर्ने छ भन्ने तर्क छ

हल्ला त यतिसम्म छ—बिलिनियरहरूको डोनेशनले ५०० मिलियन उठिसक्यो रे, अब Mount Rushmoreमा चार राष्ट्रपतिका टाउकासँगै सबैभन्दा ठूलो र मोट्ठो अनि सबै भन्दा बढी चम्म्किने ( सबैका आखा ट्रंप कै मा मात्र परोस ) अनुहार थपिने सम्भावना पनि नकार्न सकिन्न। Ronald Reagan Washington National Airportको नाम बदल्ने कुरा पनि चल्दै छ रे।

रेड राज्यहरूमा उनका सालिकहरू उम्रन थाले भने यो धागो सम्झनुहोला—तानाशाहीको पहिलो लक्षण भनेकै देशभरि आफ्नै प्रचार प्रसार गरि गुहु लाइ उत्कृस्ट नमुना को टपरी ले छोपे झैँ मात्र हो |
कोहि खोही मैले कोरेको धागो तपाई मेरै लागि समर्पित गरि लेखेको ठानेर कमेण्ट नगर्नु हुन अनुरोध छ |
Read Full Discussion Thread for this article