Posted by: ojhasamajdhangadhi February 7, 2026
Login in to Rate this Post:
0
?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति ‘TrumpRx’ अर्थात् ट्रम्पआरएक्स नामक एउटा नयाँ संजालस्थल (वेबसाइट )सुरु गरेका छन् । यो संजालस्थल (वेबसाइट)को मुख्य उद्देश्य बिरामीहरूले सिधै सस्तो मूल्यमा औषधि किन्न सकून् भन्ने हो।

यसका लागि ट्रम्प प्रशासनले विश्वका ठूला औषधि उद्योगहरूसँग सम्झौता गरेको छ।
सिबिएसन्यूजका अनुसार अहिले अमेरिकामा कतिपय औषधिको मूल्य निकै महँगो छ। उदाहरणका लागि, तौल घटाउन प्रयोग गरिने ‘वेगोभी’ सुईको मूल्य करिब १,३४९ डलर पर्छ। तर अब यो नयाँ संजालस्थल (वेबसाइट)बाट पाइने छुट पुर्जी अर्थात् कुपन प्रयोग गर्दा सुरुको दुई महिनासम्म मात्र १९९ डलरमा किन्न सकिनेछ। त्यस्तै, सन्तान नभएका दम्पतीहरूका लागि गरिने ‘आईभीएफ’ उपचारमा प्रयोग हुने औषधिको मूल्यमा पनि ८३ प्रतिशतसम्म छुट दिइएको छ।

राष्ट्रपति ट्रम्पले औषधि कम्पनीहरूलाई अन्य विकसित देशहरूमा जस्तै सस्तो मूल्यमा अमेरिकामा पनि औषधि बेच्न दबाब दिँदै आएका थिए । उनले भने “अहिलेसम्म अमेरिकीहरूले संसारकै महँगो मूल्य तिरिरहेका थिए, तर अब त्यस्तो हुने छैन।” सन् २०२६ को सुरुवातदेखि नै धेरै औषधिको मूल्य बढिरहेका बेला यो नयाँ योजनाले धेरै अमेरिकीहरूलाई राहत दिने विश्वास गरिएको छ।

