Posted by: ojhasamajdhangadhi January 2, 2026
देउराली जनता फर्मास्युटिकल्सले एक वर्षमै साढे २ अर्ब नजिकको व्यापार गरेको छ DGLP Nepal
Login in to Rate this Post:     0       ?        
देउराली जनता फर्मास्युटिकल्सले एक वर्षमै साढे २ अर्ब नजिकको व्यापार गरेको छ। निजी क्षेत्रको अग्रणी औषधी उत्पादक संस्था देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो।
एक वर्षको अवधिमा उद्योगले आफ्नो व्यापारमा झन्डै १६ प्रतिशतले वृद्धि गर्दै गरेको छ। सन् २०२४ मा देउराली जनताले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
कम्पनीको विगत पाँच वर्षको वित्तीय अवस्था हेर्दा व्यापार निरन्तर उकालो लागेको देखिन्छ। सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले २०२२ मा १ अर्ब ७० करोड ५० लाख र २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन १९ प्रतिशत रहेको छ।
Read Full Discussion Thread for this article