Posted by: logan December 18, 2025
अब चै यिनको दिमाग पुरै गए जस्तो छ ?
Login in to Rate this Post:     0       ?        
सुरुमा, विदेशमा काम गर्न जाने व्यक्तिहरुलाई हवाई जहाजबाट घरको शौचालयको प्रयोगसम्म सिकाउनु आवश्यक थियो। अहिले भने, राष्ट्रपतिको गरिमा के हो र कसरी निभाउनु पर्छ भन्ने कुरा सिकाउनु आवश्यक भएको छ।

White House कुनै पनि राष्ट्रपतिको पैत्रिक सम्पत्ति जस्तो व्यवहार गर्न हुँदैन, र यदि केही परिवर्तन गर्नु पर्छ भने, त्यसका लागि सम्बन्धित निकायबाट स्वीकृति लिनु अनिवार्य हुन्छ।
West Wing अब Ball Room बन्ने भएको छ। हालै, जसरी राष्ट्रपतिहरुको फोटो जोडिएको छ र उनीहरुको बारेमा जसरी लेखिएको छ, यस्ता विवरण लेख्ने र त्यसलाई सार्वजनिक गर्ने दुवैको दिमाग अब भने पुरै खुस्किएको छ भन्दा फरक नपर्ला।

त्यसो भए, अब उपरान्त, पुराना राष्ट्रपतिहरुको यस्ता अपशब्दले भरिएका विवरण र सबैभन्दा नराम्रो फोटो राष्ट्रपति भवनमा राख्न थाल्दा के हुनेछ?

https://www.msn.com/en-us/news/politics/trump-disparages-presidential-foes-in-plaques-attached-to-white-house/ar-AA1SxW4J?ocid=msedgdhp&pc=U531&cvid=6944395bb4264364b943868ef979f2dd&ei=39

लौ, तपाईंहरूको विचार के हो भने यसमा के के कुरा राख्दा ठीक हुनेछ? कृपया आफ्ना विचार व्यक्त गर्नुहोस्।

Read Full Discussion Thread for this article