Posted by: ojhasamajdhangadhi December 6, 2025
Login in to Rate this Post:
0
?
भारतको चिकित्सीय क्षेत्र (Medical Sector) छिट्टै नै पतनको अन्तिम चरणमा पुग्न लागेको छ। भारतीय संसदीय समितिले पनि यसलाई स्पष्ट रूपमा स्वीकार गरेको छ।
ज़ी न्युज़ (Zee News) मा हालै प्रकाशित एक अनुसन्धान रिपोर्टका अनुसार, भारतमा झण्डै 44% सर्जरीहरू नक्कली (Bogus), गलत (Fake) वा अनावश्यक हुने गरेका छन्।
अर्थात् अस्पतालहरूमा हुने लगभग आधाजति अप्रेसनहरू केवल बिरामी वा सरकारबाट पैसा लुट्नकै लागि गरिन्छन्।
• 55% हृदय शल्यक्रिया नक्कली वा बनावटी,
• 48% गर्भाशय हटाउने शल्यक्रिया (Hysterectomy),
• 47% क्यान्सर शल्यक्रिया,
• 48% घुँडाको प्रत्यारोपण (Knee Replacement),
• 45% सिजेरियन डेलिभरी,
• काँध प्रत्यारोपण (Shoulder Replacement),
• र मेरुदण्ड शल्यक्रिया (Spine Surgery) पनि नक्कली पाइएका छन्।

महाराष्ट्रका धेरै प्रतिष्ठित अस्पतालहरूको सर्वेक्षणमा पत्ता लागेको छ कि ठूला अस्पतालहरूमा वरिष्ठ चिकित्सकहरूको मासिक तलब एक करोड रुपैयाँसम्म पुग्छ।
यसको कारण हो जो चिकित्सक जति धेरै अनावश्यक परीक्षण, उपचार, भर्ना र सर्जरी गराउँछन्, उनीहरूलाई त्यति नै धेरै तलब दिइन्छ। (स्रोत: BMJ Global Health)
टाइम्स अफ इंडिया (Times of India) को एक रिपोर्ट अनुसार, मृत बिरामीलाई जीवित देखाएर उपचार गराउन लगाइने धेरै घटनाहरु बाहिर आएका छन् । जुन अत्यन्तै घृणित अपराध हो।
एक प्रसिद्ध अस्पतालमा 14 वर्षीय मृत युवकलाई जीवित घोषित गरेर लगभग एक महिना सम्म भेन्टिलेटरमा राखियो, उपचारको नाममा पैसा असूली गरियो, र अन्त्यमा मृत घोषणा गरियो।
उजुरी परेपछि अस्पताल दोषी ठहरियो। परिवारलाई ₹5 लाख क्षतिपूर्ति दिइयो, तर एक महिनासम्म सहनुपरेको मानसिक पीडाको के मूल्य कसरी फिर्ता हुन सक्थियो?
धेरै पटक मृत्यु भैइसकेका बिरामीमाथि पनि तत्काल अप्रेसन गर्ने नाटक गरिन्छ। परिवारलाई तत्काल पैसा तिर्न लगाइन्छ, र पछि भनिन्छ— “सर्जरीको क्रममा मृत्यु भयो।”
(स्रोत: Dissenting Diagnosis – Dr. Gadre & Shukla)
मेडिकल बीमा (Mediclaim Insurance) को ठगी पनि उस्तै भयावह छ।
भारतमा लगभग 68% जनताले मेडिकल बीमा गरेका छन्। तर आवश्यकता पर्दा बीमा कम्पनीहरूले विभिन्न बहाना बनाएर क्लेम अस्वीकार गर्छन् वा केवल आंशिक रकम मात्र दिन्छन्।
बाकी खर्च परिवारले आफैं बेहोर्नुपर्छ।
झण्डै 3000 भन्दा धेरै अस्पतालहरूलाई बीमा कम्पनीहरूले ब्ल्याकलिस्ट गरेका छन्, किनकि ती अस्पतालहरूले झूठा क्लेम गरेका थिए।
कोभिड कालमा धेरै अस्पतालहरूले नक्कली कोभिड बिरामी देखाई बीमा कम्पनीबाट करोडौँ रकम असूली गरेका थिए।
मानव अङ्ग तस्करी (Organ Trafficking) को घिनलाग्दो व्यापार पनि ठूलो मात्रामा चलिरहेको छ।
इन्डियन एक्सप्रेस (Indian Express) ले 2019 मा एउटा हृदयविदारक घटना सार्वजनिक गरेको थियो—
कानपुरकी एक महिला, संगीता कश्यपलाई दिल्लीमा जागिरको लोभ देखाइ ल्याइयो र फोर्टिस अस्पतालमा स्वास्थ्य परीक्षणका नाममा पठाइयो। त्यहाँ भर्ना गरेपछि ‘डोनर’ भन्ने शब्द सुनेपछि उनले शंका गरिन् र भागेर ज्यान जोगाइन्।पछि प्रहरी अनुसन्धानमा एक अन्तर्राष्ट्रिय गिरोहको पर्दाफास भयो— जसमा प्रहरी, डाक्टर, मेडिकल स्टाफ सबै संलग्न थिए।
‘हस्पिटल रेफरल स्क्याम’ (Hospital Referral Scam) त अब सामान्य जस्तै भइसकेको छ।
धेरै चिकित्सक बिरामीलाई गम्भीर रोग भएको बताइ ठूला अस्पताल— जस्तै अपोलो (Apollo), फोर्टिस (Fortis), एपेक्स (Apex) पठाउँछन्।
यी अस्पतालहरूसँग रेफरल प्रोग्राम हुन्छन्, जसअन्तर्गत बिरामी पठाउने चिकित्सकलाई कमीशन दिइन्छ।
जस्तै, मुम्बईको कोकिलाबेन अस्पताल (Kokilaben Hospital) ले लेखेको थियो—
• 40 बिरामी पठाएमा ₹1 लाख,
• 50 बिरामीमा ₹1.5 लाख,
• 75 बिरामीमा ₹2.5 लाख।
‘डायग्नोसिस स्क्याम’ (Diagnosis Scam) पनि करोडौँको धन्दाको प्रमुख माध्यम हो।
बेंगलुरुका केही प्रतिष्ठित प्याथोलोजी ल्याबहरूमा भएको आयकर छापामा ₹100 करोड नगद र 3.5 किलो सुन फेला परेको थियो।
यो रकम चिकित्सकलाई कमीशन दिन राखिएको थियो।
चिकित्सकहरू बिरामीलाई अनावश्यक परीक्षण गर्न पठाउँछन् र 40–50%सम्म कमीशन लिन्छन्।
धेरै रिपोर्टहरू नक्कली हुन्छन्— 1–2 परीक्षण मात्र वास्तविक।
देशभर करिब 2 लाख ल्याबमध्ये केवल 1000 भन्दा अलिकति मात्र प्रमाणित (Certified) छन्।
फार्मा कम्पनीहरू (Pharma Companies) ले पनि ठूलो स्तरमा घोटाला गर्छन्।
भारतका 20–25 ठूला औषधि कम्पनीहरूले हरेक वर्ष चिकित्सकहरूलाई आफ्ना औषधि लेखाउन लगभग ₹1000 करोड खर्च गर्छन्।
कोभिड कालमा Dolo ट्याब्लेट बेच्ने कम्पनीले चिकित्सकलाई ₹1000 करोड दिएको काण्ड उजागर भएको थियो।
डाक्टरलाई नगद, विदेश यात्रा, 5-Star होटलमा बस्नेसम्मका सुविधा दिइन्छ।
जस्तै— USV Ltd. ले हरेक चिकित्सकलाई ₹3 लाख नगद र अष्ट्रेलिया/अमेरिका यात्रा उपलब्ध गराउँछ।
केही फार्मा कम्पनीहरूले अस्पताललाई औषधि निकै सस्तोमा दिन्छन्, तर MRP धेरै गुणा बढाइ राख्छन्।
इन्डिया टुडे (India Today) को रिपोर्टअनुसार, EMCURE कम्पनीले आफ्नो क्यान्सरको औषधि Temikure अस्पताललाई ₹1950 मा दिन्छ,
तर अस्पतालले बिरामीबाट ₹18,645 असूली गर्छ।
सरकारी योजनामा पनि ठूलो मात्रामा घोटाला भइरहेको छ।
जस्तै, कुनै पूर्वसैनिक सामान्य ज्वरो लिएर सरकारी अस्पताल जाँदा— उसलाई भर्ना गरिन्छ।
उसको कार्डमा, उसको जानकारीबिनै, सरकारी योजनाअन्तर्गत नक्कली बिलिङ गरिन्छ।
7–8 दिनपछि डिस्चार्ज गरिन्छ, तर त्यतिवेलासम्म चिकित्सक र भ्रष्ट अधिकृतको खातामा लाखौँ रुपैयाँ जम्मा भइसकेको हुन्छ।
मेडिकल काउन्सिल अफ इंडिया (MCI) — जसले डाक्टर र अस्पतालहरूको सर्वोच्च नियमन गर्छ — उसमाथि पनि लापरवाहीका आरोपहरू छन्।
2016 मा केन्द्र सरकारको जाँच समितिले पत्ता लगायो कि MCI नयाँ मेडिकल कलेज स्वीकृत गराउन सक्रिय छ, तर डाक्टर तथा अस्पतालहरूको निगरानीमा जानाजानी ढिलाइ गर्छ।
MCI का केही प्रमुख नियमहरू, जुन दैनिक तोडिन्छन्—
1. चिकित्सकले कुनै कम्पनीको ब्रान्डेड औषधि होइन, यसको Generic Name लेख्नुपर्छ।
2. उपचार अघि चिकित्सकले सम्पूर्ण शुल्क स्पष्ट रूपमा बताउनुपर्छ।
3. परीक्षण/उपचार अघि बिरामीको लिखित सहमति लिनुपर्छ।
4. प्रत्येक बिरामीको मेडिकल रेकर्ड 3 वर्षसम्म सुरक्षित राख्नुपर्छ।
5. भ्रष्ट वा अनैतिक चिकित्सकलाई समाजको अगाडि ल्याउनुपर्छ।
- सर्वेश राजन सिंह
अलिकति कानुन व्यवस्था भएको भारतको अवस्था यस्तो छ भने नेपालको अवस्था झन कस्तो होला?
