Posted by: Nepalnews Sajha July 20, 2025
News Summary from Nepal for Sunday, July 20, 2025
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place July 20, 2025!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Heavy rains trigger landslides and floods across the country


  • Prime minister urges people to avoid long travel as landslides block roads in different parts of the country.

  • Nepal, India home secretaries meeting in Delhi after 9 years


  • At the summit focussed on cross-border issues, Extradition Treaty and Mutual Legal Assistance are the key agendas.

  • Factionalism back in the UML with Bhandari’s return


  • Ruling party’s politburo endorses proposal to remove 70-year age and two-term limits for leadership positions.

  • Trade disruption at Rasuwagadhi forces container diversion to Tatopani


  • Flood damage at Rasuwagadhi leads traders to reroute goods through the risky Tatopani corridor, raising fears of supply disruption ahead of Nepal’s biggest festivals.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • वर्षाको विपद् : ताजा अपडेट
  • शनिबार बेलुकादेखि नै मुलुकका विभिन्न भूभागमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । मौसमविज्ञहरूले आज मध्य क्षेत्र हुँदै पश्चिम क्षेत्रतिर भारी वर्षा गराउने प्रणाली सर्दै आएको बताएका छन् । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको खबर आइरहेका छन् । ई-कान्तिपुरले विपद्‌का हरेकजसो समाचारलाई 'लाइभ अपडेट' दिइरहनेछ :

  • आफूनिकट मन्त्री र सांसदहरुसँग परामर्शमा कोइराला
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटपछि कांग्रेस नेता शेखर कोइरालाले आइतबार पार्टीभित्र आफू निकटका मन्त्री र सांसदहरुसँग चरणबद्ध छलफल गरेका छन् । कांग्रेस नेतृत्वमा वैकल्पिक गठबन्धन बनाउन प्रयासरत कोइरालाको पछिल्लो गतिविधिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
  • एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ ।

  • आइतबार मात्रै साढे २१ अर्ब रुपैयाँको सेयर कारोबार
  • सेयर कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ३२ अंकले बढेको छ । नेप्से विन्दु २ हजार ८ सय ७० दशमलव ९५ विन्दुमा उक्लिएको छ ।

  • सिरहा कारागारमा कैदीबीच झडप हुँदा १३ जना घाइते
  • सिरहा कारागारमा दुई पक्षबीच झडप भएको छ । आइतबार बिहान आन्तरिक प्रशासन चलाइरहेका कैदी तथा अन्य कैदीहरूको समूहबीच झडप भएको हो । झडपमा परेर १३ जना कैदी घाइते भएको प्रहरीले जनाएको छ ।

    Read Full Discussion Thread for this article