Posted by: Khaobaadi_Netaa March 29, 2025
अमेरिकाबाट डिपोर्ट भई भुटान पुर्याईएका भुटानीहरू भुटानबाट पनी डिपोर्ट भए
Login in to Rate this Post:     0       ?        
https://www.setopati.com/politics/354779


शुक्रबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरूलाई खानपिन गराएर भारतसँगको सीमावर्ति नाका फुन्सोलिङ ल्याएर छाडिएको थियो। त्यहाँबाट उनीहरू पानीट्यांकी नाका हुँदै नेपाल छिरे। यसरी छिरेकामध्ये ३ जना भुटानी शरणार्थी शुक्रबार राति बेलडाँगी शिविर आइपुगेका हुन्।

हामीले यसबारे बेलडाँगी शिविरमा रहेका दिलबहादुर महतसँग कुरा गर्दा उनले अमेरिकाबाट डिपोर्ट भएर आएका शरणार्थीले भुटान सरकारले फेरि पनि आफ्नो देशमा बस्न नदिएको र नेपाल नै फिर्ता पठाएको बताए।

Last edited: 29-Mar-25 10:08 AM
Read Full Discussion Thread for this article