Posted by: logan February 8, 2025
पहेलो जम्प सुट अनि हात खुट्टा सिक्रीमा देख्दा ............................
Login in to Rate this Post:     0       ?        
कहिँ कसैले " Friday privilege is Monday's right" सुनाएको थियो | यो उखान मिलेन भन्नु होला | एक जना प्रोफेसर IEEE को कन्फेरेन्स मा आउनु भएको थियो, वहाको मानसिकता चै नफर्किने रहेछ र आफ्ना सहकर्मी बीच यस्तो कुरा गरेको कारण फर्किदा वहाको वार्डेनसिप पनि गुमी मासिक बैक ब्यालेन्स सुन्यमा पुग्दा डिप्रेसनले नै छुएको कुरा सुनेको थिए |
अहिले TPS मा हुने हरुले पनि green card बनाउन सकिएन भने नेपाल फर्किनु पर्ने मानसिकता लिनु भएको भए फर्कनु पर्दा पनि धेरै दुख नमानी घर पुग्नु हुन्थो होला ?
आमा बाबुको मन कस्तो हुन्छ भन्ने कुरा आफु माता पिता नभई बुझन सक्दैनन् | यी आमा बाउले आन्फा छोरा छोरीलाई पहेलो जम्प सुट अनि हात खुट्टा मा भोटे कुकुर लाइ बाध्ने साङ्लो मा बाधिएर नेपाल छिरेको देख्नु पर्दा वहा हरुको हाल के होला ? त्यो भन्दा पनि कुरोउटे र चुरोउटे का कुरा ( पधेरनी ) ले दैनिक दिमागमा किला ठोक्दा कस्तो होला ?
सिप लिएर फर्किने ला सिपमुलक काम मा लाग्लान तर नेपालमा बाबु साहेबी पाराका हुर्केकाले फर्किए पछि सानो तिनो काम गर्न लाज भै हाल्छ , तिनी हरु चै के गर्लान ?
त्यो भन्दा पनि महा बिजोग अमेरिकामा हुर्किएका केटाकेटी हरुलाइ हुन्छ | नेपालि लेख्न होईन बोल्न पनि बिर्सी सकेका ले नेपालि बातावरनमा सामन्जस्यता (adopt) कसरि गर्लान | घरमा कमोट र आची पुछ्ने कागज पहिलो दिन नै उपलब्ध नभए कब्जियत भै उपचारार्थ अस्पताल पुर्याउनु पर्ने अबस्था पनि आउला |
फर्किने मानसिक बातावरण बनाउदै जानुस |

Read Full Discussion Thread for this article