Posted by: Dada_Giri January 9, 2005
Governor ko lagi fight
Login in to Rate this Post:     0       ?        
ल यहाँ त छलफलले अर्कै रुप लिइसकेछ। हैन नभागौँ कोहि पनि । जायज कुरा त सुन्नु पर्यो नि। आखिर सपार्न नसकेपनि सप्पैको इच्छा त नेपाल सप्रोस् भन्ने मा केन्द्रित छ। त्यसै ढुगां मुढा नगरम् र कुरा सुनम्। नभागम्। अब झिल्का जीको प्रस्नतिर केन्द्रित हुनु पर्दा... ... ... नेपाल सबै पिछडिएको छ भन्ने कुरामा त सहमत हुनुभो, हैन। कि मैले नबुझ्या हो। अब तल्लो पददेखि माथिल्लो पदसम्म सप्पैलाई समान अबसर प्रदान भएको छैन भन्ने कुरा आयो। त्यसमा म पनि सहमत छु। हर्केजीले भन्ने तरिका कडा गर्नु भो तर सिट आरक्षण गरेर छुट्याउने कुरा पनि दीर्घकालिन समाधान मान्न चाहिँ नमिल्ला जस्तो मलाई लाग्छ। त्यसको लागी सबै आधारभुत जग देखि नै सुधार्नु पर्छ। जसका लागि कम्तिमा २० वर्ष लाग्छ। पदलाई जातीय हिसाबले बाँडफाँड गर्ने पराम्परा बसालेर समस्याको सामाधान होला जस्तो मलाई लाग्दैन। सायद यसमा झिल्काजी पनि सहमत हुनुहोला। अब आधार र स्टेपतिर लाग्नु पर्दा, पहिला नेपालको अहिलेको हैसियत पनि हेरम्। एकैचोटि बेलायत, जापान र अमेरिका पनि नहेरम्।
Read Full Discussion Thread for this article