Posted by: Nepalnews Sajha September 21, 2024
News Summary from Nepal for Saturday, September 21, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place September 21, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Internet shutdown looms as Indian firms’ dues unpaid for years


  • Nepali ISPs and government await full text of Supreme Court’s ruling to resolve tax and royalty disputes.

  • Shady dietary supplements are fuelling heavy metal poisoning


  • Doctors warn that exposure to high levels of heavy metals can cause anaemia, weakness, kidney and brain damage, lung issues, skin disorders, and cancer.

  • Provinces turn up heat on federal government for police adjustment


  • Koshi provincial government has forwarded a 10-point demand to the National Development Action Committee.

  • When an ill-planned adventure met its fate


  • Jon Krakauer’s ‘Into the Wild’ chronicles the story of Chris McCandless, whose desire to escape modern life led him to the Alaskan wilderness.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दिल्लीकी नवनियुक्त मुख्यमन्त्री आतिशीले लिइन् शपथ
  • भारतको दिल्ली राज्यकी नवनियुक्त मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छन् । आतिशीले दिल्लीस्थित राज निवासमा शनिबार आयोजित समारोहमा पद तथा गोपनियताको शपथ लिएकी हुन् । 

  • अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचनपश्चात् एमालको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् ।शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् ।

  • श्रीलंकामा आर्थिक संकटपछिको पहिलो राष्ट्रपतीय चुनाव 
  • श्रीलंकामा सन् २०२२ को आर्थिक संकटपछि पहिलोपटक राष्ट्रपतीय चुनाव भइरहेको छ । शनिबार बिहान ७ बजेदेखि सुरू मतदानलाई देशको आर्थिक सुधारसम्बन्धी जनमतसंग्रहका रूपमा हेरिएको छ । स्थानीय समय अनुसार ४ बजेसम्म हुने मतदानको प्रारम्भिक नतिजा आइतबार बिहान आउने बताइएको छ ।

  • पिके क्षेत्रका १८ पुरातात्त्विक मानेको पुनःनिर्माण
  • हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय नगरी पिके क्षेत्रका १८ वटा पुरातात्त्विक मानेहरूको पुनःनिर्माण गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका–१० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्राचीनकालमा निर्माण भएका धार्मिक ऐतिहासिक सम्पदाका रूपमा रहेका मानेहरूको स्थानीयको अग्रसरतामा पुनःनिर्माण गरिएको हो ।

  • अंग्रेजी माध्यम र प्राविधिक पढाइले सामुदायिक विद्यालयको साख फर्किंदै
  • महोत्तरीको गौशालाका केही सामुदायिक विद्यालय निजीभन्दा अब्बल साबित भएका छन् । शिक्षक र अभिभावकको हातेमालोसँगै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै उनीहरूले आफूलाई अब्बल साबित गरेका हुन् । अहिले त निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा भर्ना भई अध्ययन गर्न थालेका छन् ।

  • कांग्रेसको नेतृत्वमा युवाहरूलाई अघि बढाउनुपर्छ : कोइराला
  • नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्ने बताएका छन् । कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । शनिबार धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

    Read Full Discussion Thread for this article