Posted by: pitambar September 18, 2024
Tourist Visa - Seeking Suggestions and Guidance
Login in to Rate this Post:     0       ?        
भिजा लागोस भन्ने प्रथर्ना बाहेक अरु के नै गर्न सकिएला र ? तथापी इमिग्रेशन इन्टेट नदेखीयोस भन्नेअर्थको लागि तपाईको ग्रीन-कार्ड छ भन्ने कुरो आमालाई अन्तरबार्ताको क्रममा उल्लेख नगर्न भनिस्योस . बुढा-बुढीहरु हौसिएर अन्तरबार्ताको क्रममा आफ्नो छोरा/छोरीको अम्रिकामा घर छ ,ग्रिन कार्ड छ, ऐजन ऐजन कुरा उल्लेख गर्ने गर्छन, एसले बातावरण झन् प्रतिकुल बनाउछ . बेस्ट डिफेन्स भनेको अन्तरबार्तामा जाँदा बुढी-झुत्री भएर जाने, आफ्नो नाम र ठेगाना जस्ता सामान्य प्रस्न बाहेक " खै पढेको छैन, म त तेती हुझ्दीन ,फारम सबै छोराले भरेको हो , तेस्मै लेखेको होला बाबु " भनेर ट्वाल्ल परेर बस्ने . झुटो बोल्दै नबोल्ने . अनि मिले सम्म नेपालाँ घर छ , श्रीमान छन् ,अरु छोरा नातिना, छोरी ,जागिर के के छ सब भन्ने , म त १० १२ दिन मै फर्किन मन छ भन्ने . पासपोर्ट र फारम बाहेक अरु डकुमेन्ट चांहिदैना भन्ने कुरो छ . मेरो ग्राजुयेसनाँ आमा संगै अर्को दूरको नातेदार आमाको केरटेकरकोरुपमा आएका थिए . जाँठाँले छिर्ने बित्तिकै शरणार्थी फारम भरेछन, म भन्दा छिटो GC बनाएर , घर किनेर , श्रीमती र २ छोरी ल्याएर , छोरीलाई फेड जब ख्वाउन भ्याई सके .
Read Full Discussion Thread for this article