Posted by: logan September 10, 2024
को ठुलो ?
Login in to Rate this Post:     0       ?        
चौथो वा पाचौ कक्षामा सामाजिक शिक्षा पढाउने गुरुले यस्तै ठुलो र सानो बारे कथा सुनाउनु भएको थियो | गुरुले यसरि कुरा सुरु गर्नु भयो, कुनै बेला को कुरा हो आज तिमि हरुलाई सुनाउछु | एउटा कक्षामा भएका बिद्यार्थी मद्धे एक जनाको पिताजी प्रहरी निरिक्षक , अर्कोको राज्य मन्त्रि र अर्को को माध्यमिक विद्यालयको शिक्षक थिए र उनि हरु बिच मेरो बाउ तेरा बाउ भन्दा ठुलो भनि उनीहरु बिच जहिलै पनि बादबिबाद मात्रै होइन त्यो भन्दा माथिल्लो स्तरमा पुगी झगडा भै रहन्थ्यो | लौ तिमि हरु को बिचार पनि बुझुम कसको बा चै तिन तिन जना मद्दे ठुलो मान्छे हो | हामि हरु ले आआफ्नो तर्क सहित जबाफ दियौ र जबाफ को छनौट चै ति केटाका बा को कार्य र उनीहरु को प्रति बढी चासो र तिनका क्रियाकलाप संग मिल्दो जुल्दो संग आबद्द रहेछ भन्ने कुरा तेती खेर बुझिएको थिएन, जबाफ दिनु थियो र दिएका थियौ | फौजदारि पाराकाहरुले प्रहरी निरिक्षक, अलिक धनिमानि हु ठान्नेले नेताजी र बाकिकाले शिक्षक लाइ ठुलो मानिस देखे | शिक्षक रोज्ने हरु को जबाफ दिने हरुले देखेको कुरा चै प्रहरी निरिक्षक र नेताजी दुवै शिक्षक का चेला थिए | यहि कुरा साझामा राख्दा कस्तो जबाफ पढ्न पाइएला ? साझामा एकले अर्कोको लाइ चिनेको छैन र हुदैन तर हामि बीच सधै एक ले अर्कालाई सानो बनाउने बाहेक अरु कुनै काम नै नभएको झैँ गर्छौ | यस्तो हुनु का कारण चै के होलान ?
Read Full Discussion Thread for this article