Posted by: logan August 28, 2024
ह्युस्टनमा फेरी नेपाली महिलाको हत्या !
Login in to Rate this Post:     0       ?        
एक दिन अमर पिचाचे कुवामा परेछ | भए भरका गाउले हरु भेला भएर तेरो हात दे हामि कुवा बाट बाहिर निकाल्छौ भन्दा सहयोग गर्ने को अनुहार हेरी रह्यो तर हात भने दिएन | गोधुली भै सक्यो . जातालाई भन्दा हातलाई खस खस भने झैँ दर्शक हरु चिन्तित देखिन्थे तर पिचाचेको अनुहारमा कुनै त्रास वा दुखद चिन्ह देखिएको थिएन | एक जना बयोबृद्द पनि कस्तो चटके खेल रहेछ भनि अलिक भित्र घुस्रिएर पछि पिचाचेलाई कुवामा देखे | गाउले हरुले यो बिहान देखि कुवामा परेको छ सबैले हात दे हामि निकाल्छौ भन्दा पनि टसमस गर्दैन भनेर सुनाए | ति बयोबृद्द ले भने मेरो हात समात भनेर हात पसारि देउ, सबै कुरा ठिक भै हाल्छ | यसमा आत्तिनु पर्ने कुनै कुरै छैन | ति बयोबृद्द ले भने झैँ गरे पछि पिचाचेले हात समातेर बाहिर निक्ले पछि केहि नभनी बाटो ततायो | साह्रा मानिस हरु आस्चर्यमा पर्दै भने हामीले दिन भरि कोसिश गर्यौ सफल हुन सकेका थिएनौ तर तपाइले एक पलमै समस्या समाधान गरि दिनु भयो | गाउले हरुले राज चै के हो भनि दिनुस भने पछि ति बायोबृद्द ले लामो कुरा किन गरौ तपाइहरुले मानिस नचिनी र उसको ब्यबहारलाइ नजर अन्द्दाज गर्नु भएकोले असफल हुनु भयो | अनि भन्नु होला यहा यो अप्रासाङ्गिक कुरा के को लागि त ? साझामा सबै एक से एक जान्ने बुज्रुक देखि उपबुज्रुक हरुको भेला हुने थलो हो | अनि मेरा गुरुले सुनाएको उखान "जान्ने बुहारीलाई बाटो छोड भनि रहनु पर्दैन" पनि कोरी हालौ | अनि यो कथाको सार तत्व साझाका विद्वानहरुलाई ढाल र गुलाफ सबैले थाहा पाएकै हो भन्ने विद्वान हरुको जामात लाइ layman लाइ जस्तो गरि देख्दा अपमान नै हुने ठानी त्यो पाको मानिसको Exact उत्तर के थियो आफै खोजि गर्नु होस् |
Last edited: 28-Aug-24 09:48 PM
Read Full Discussion Thread for this article