Posted by: logan August 27, 2024
हाम्रा धोकाई र खोकाइ
Login in to Rate this Post:     0       ?        
कोराइ उखान बाटै सुरु गरौ होला | सद्दे ले अरुलाई अनि लाटा छोराले बाउ देख्नना साथ् जिस्क्याउन सुरु गर्छ | तेस्तै प्रतिस्पर्धा पनि परचक्री संग होइन आँफै घर परिवार संग सुरु गर्छन | किन नगरुन | ठुलो त हुनै पर्यो ,आफु ठुलो बने बनाए पछि अर्को स्वत सानो भै हाल्यो | उनीहरुलाई यसको आनन्द रति क्रिया भन्दा माथिल्लो दर्जा को हुनु पर्छ | छोरा छोरी भेटेर अमेरिका बाट फर्किए पछि आफना छोरा छोरिको गुण गान सुनाउन कतै जानै पर्यो | छोराको कमाइ र घर किनेको कुरा नसुनाए सम्म नत निन्द्रै लाग्ला नत खाना रुचिनै होला | यस्तै एक जनाले आफ्नी दिदि लाइ छोराले घर किनेको कुरा सुनाए पछि मेरा छोरा छोरीका ५ ओटा घर छन भने पछि उनका कुराले अर्को मोड लियो होला | झाजिका बा ले पनि बेला बेलामा यस्तै कुरा सुन्नु पर्दा वहाको जबाफ चै यस्तो थियो रे | पोहोर साल छोरा आएको बेला सोध्दा धेरै छैन बाबा घन्टाको नेरु १० हजार कमाउछु भन्थ्यो भनेर सुनाइ दिए पछि धाक लगाउन गएको उल्टै दिमागमा घन ठोकाई लिएर घर फर्किने बनेनन त | यता उता नलागी सिधै घर पुगेर क्यालकुलेट समाते होलान |
Read Full Discussion Thread for this article