Posted by: Nepalnews Sajha August 26, 2024
News Summary from Nepal for Monday, August 26, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 26, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Janata Samajbadi Party-Nepal picks office-bearers


  • Rakam Chemjong appointed co-chair, Lalbabu Raut and Ram Kumar Sharma become general secretaries.

  • Justice delayed for consumer court


  • Two and a half years after top court order, the government renews its push to finally set up a consumer court.

  • Mamata Kafle case: Family prepares to travel to US to get updates


  • Mamata’s parents and other kin are suspicious of foul play in her mysterious disappearance.

  • We need a powerful road safety council


  • Contractors are powerful because of their connection with influential leaders including prime ministers and ministers.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जीवनदान पाएर साउदीबाट फर्किएका रामाशिषले भने, ‘मलाई माफ दिनूस्’
  • रूपन्देहीका उद्योगी–व्यवसायीको आर्थिक सहयोगमा ‘ब्लडमनि’ जुटेपछि मृत्युदण्डबाट जोगिएका धनुषाको जनकपुर–१७, का रामाशिष यादव मुलुक फर्किएका छन् । एक साताअघि घर आइपुगेका रामाशिष सोमबार परिवारसहित जिल्ला प्रशासन कार्यालय रूपन्देही आएका हुन् । आफ्नो जीवन रक्षाका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ब्लडमनि जुटाउने उद्योगी–व्यवसायीलाई धन्यवाद दिन आफू भैरहवा आएको उनले बताए ।

  • साफ यू–२० च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश
  • साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४–३ ले हराएको छ ।

  • ओमानका विदेश मन्त्री काठमाडौंमा
  • ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार अपराह्न यहाँ आइपुगेका हुन् ।

  • नेपाली समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली
  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई बिथोल्न त्यति सजिलो नभएको बताएका छन् । उनले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यसलाई बिथोल्ने र भड्काउने प्रयास सफल हुन नसक्ने बताए ।

  • सल्यानमा ३१ वडाका २१ हजार परिवार बिजुलीको पहुँचबाहिर  
  • कालीमाटी गाउँपालिका–६ र ७ मा विद्युत प्राधिकरणले २०७५ र २०७७ मा ६ करोड खर्च गरी विद्युत लाइन विस्तार गर्‍यो । लाइन विस्तार भएको तीन वर्ष बितिसक्दा पनि स्थानीयले अहिलेसम्म बिजुली बाल्न पाएका छैनन् । पूरै वडाका बासिन्दा अहिले पनि बत्तीका लागि सौर्य टुकी र सोलारको भर पर्दै आएका छन् ।

  • टाटा सुमोसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
  • चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा सोमबार टाटा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटना लगत्तै टाटा सुमोको चालक फरार भएका छन् । प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ । 

    Read Full Discussion Thread for this article