Posted by: Nepalnews Sajha August 19, 2024
News Summary from Nepal for Monday, August 19, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 19, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal witnesses unprecedented rise in suicide cases


  • A record 7,223 suicides were reported in the fiscal year 2023-24, highlighting a worsening mental health crisis.

  • Loan shark victims continue to suffer as perpetrators exploit legal loopholes


  • Police say dishonesty rampant among both lenders and debtors, making it difficult to identify real victims.

  • Dr Govinda KC moves Supreme Court seeking review of its verdict on granting affiliation to B & C College


  • Surgeon claims that the division bench breached its jurisdiction while ruling in favour of the medical college.

  • Seven die in landslides in Bajhang and Jajarkot


  • The deceased were of two families.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • परराष्ट्रमन्त्री राणा-जयशंकर भेटवार्ता : द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल
  • भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र  भारतीय विदेशमन्त्री एस. जयशंकर बीच नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।

  • पुतली पछ्याइरहेका टेकबहादुर र कपिल
  • पुतली देखेर नरमाउने को होला र ? चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक डुलाउने पुराना नेचर गाइड टेकबहादुर गुरुङ भन्छन्, ‘विदेशी पर्यटक कोही त पुतली मात्रै हेरौँ भनेर पनि आउँछन् । नभए पनि पुतली देखेपछि त्यसका बारेमा गहिरो रुचि राख्छन् ।’

  • बाढी पहिरो : सोमबारसम्म मृत्यु हुनेको संख्या १९० पुग्यो, ४९ जना वेपत्ता
  • यसवर्षको मनसुनमा सोमबारसम्म बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १९० पुगेको छ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

  • बागलुङका चार मुख्य सडक दुई महिनादेखि ठप्प
  • मनसुन सुरु भएदेखि नै बागलुङका चार महत्त्वपूर्ण सडक पहिरोले ठप्प छन् । सडक अवरुद्ध भएर यातायातका साधन नचल्दा स्थानीयले सास्ती खेपेका छन् । कालीगण्डकी करिडोर, मालढुंगा कुश्मीसेरा सडक, जैमिनीदेखि बरेङ सडक र काठेखोलादेखि लेखानी हुँदै गलकोट जाने सडक दुई महिनादेखि ठप्प भएका हुन् ।

  • पढाईको तृष्णा : उमेर ५१, कक्षा ९
  • भीमसेन थापा गाउँपालिका–२ तान्द्राङस्थित ओख्ले घर भएका नवीन भट्ट ५१ वर्षका भए । यस उमेरमा उनी नजिकैको गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माविमा कक्षा ९ मा भर्ना भएका छन् ।

  • बझाङ पहिरो : सुदूरपश्चिम सरकारले मृतक परिवारलाई एक लाख रुपैयाँ दिने
  • सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा आइतबार राति पहिरोमा परी ज्यान गुमाएका मृतक परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने जनाएको छ ।

  • बजेट पुनर्लेखनको तयारीमा सुदूरपश्चिम सरकार
  • सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८१/८२ का लागि बजेट (वार्षिक कार्यक्रम) पुनर्लेखनको तयारी गरेको छ । हाल प्रदेश सरकार  बजेट (वार्षिक कार्यक्रम) विहीनताको अवस्थामा छ ।

    Read Full Discussion Thread for this article