Posted by: Nepalnews Sajha August 7, 2024
News Summary from Nepal for Wednesday, August 7, 2024
Login in to Rate this Post:     0       ?        
All your Nepali news in one page!
Visit us @ Sajha.com ...

Bringing your favorite news into one place August 7, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Panel submits report on TRC bill to top leaders


  • Chiefs of three political parties vow to endorse the agreements through federal Parliament.

  • Students stranded by Bangladesh unrest seek internships in Nepal


  • Nepali students from 13 Bangladeshi medical colleges memo two Nepal ministers to address their concerns.

  • Indian foreign secretary, US deputy secretary of state to visit Kathmandu next week


  • Vikram Misri and Richard R Verma coming on first high-level visits after Oli came to power.

  • Three injured in Baglung landslide airlifted to Kathmandu


  • Search for four others missing underway.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयो
  • एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका शव काठमाडौंमा ल्याइएको छ । बुधबार दिउँसो १:५४ बजे त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर र गर्जेभन्ज्याङको बीचमा दुर्घटनाग्रस्त हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको हो ।

  • हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु
  • बुधबार दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोट शिवपुरी गाउँपालिका-७ सूर्यचौर डाँडा र गुर्जेभन्ज्याङको बीचमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको हो ।

  • अस्तव्यस्त छन् सीमानाकाका हेल्थडेस्क
  • स्थलमार्ग हुदै भारतसँगको आवत जावतमा सर्वाधिक यात्रुले प्रयोग गर्ने सुनौली/बेलहिया सीमानाकामा सरकारले ‘हेल्थडेस्क’ संचालनमा ल्याएको पाँच वर्ष भयो । विदेशबाट आउने यात्रुबाट हुने संक्रामक रोगको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि स्थायी रुपमा संचालनमा ल्याइएको हेल्थडेस्क भौतिक पुर्वाधारसहितका संरचना र उपकरणको अभावले प्रभावकारी बन्न भने सकेको छैन ।

  • लालझाडीका टपरी काठमाडौंसम्म 
  • फुर्सदमा जंगल गएर सालका पात टिपेर ल्याउँछन् । एक दिनभर सुकाएर जोडेर राख्छन् । जसलाई लाफा भनिन्छ । विभिन्न साईजका लाफा मेसिनमा हालेर दुना र टपरी बनाइन्छ । लालझाडी मोहना संरक्षित क्षेत्रमा पर्ने कृष्णपुर नगरपालिका–९ राजघाटको वनदेवी सामुदायिक वनका महिला यस्तै काममा व्यस्त छन् । उनीहरु सामूहिक रुपमा जंगल पस्छन् ।

  • सुनसान छ टुटुवानको खर्क 
  • टुटुवानको खर्कमा चौंरी चराउँदै २५ वर्ष बिताएकी पार्वती थामीको अनुहार मलिनो छ । उमेरले ६० टेकेकी उनी टुटुवानका खर्कका गोठमा वर्षौ बितेको पत्तै नपाएको बताउँछिन् । बर्खाको समयमा चौंरीपालक किसानले कालिञ्चोक गाउँपालिका–१ को टुटुवानमा चौंरी चराउन गोठ सार्ने लाने गरेका छन् । तर यसवर्ष भने टुटुवानका गोठहरु सुनसान छन् ।

  • धानमा काँडेदार खपटे किराको प्रकोप
  • शारदा करिडोर आसपासमा रहेका खेतमा धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । शारदा नगरपालिकाका विभिन्न वडाका श्रीनगर, जोगदेखोला, रेसमज्युला, स्यालपानी, शारदा नगरपालिका र छत्रेस्वरी गाउँपालिकाको सीमानामा पर्ने चैबाङ्गज्युला, छत्रेस्वरी गाउँपालिका ४ दारिमज्युलाका किसानले लगाएको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको हो ।

    Read Full Discussion Thread for this article