Posted by: logan July 29, 2024
आफु मरेर ४० जनाको ज्यान बचायो !
Login in to Rate this Post:     0       ?        
पनडित्जि तपाइको धागो संग होइन तर कमेन्ट को प्रसंग संग मिलाउन लाइ नै लेखेको हु | बुझेर पनि बुझपचाउने लाइ बाह्र खरी सिकाई गर्दा को प्रतिक्रिया हेर्न खोजेको थिए | तपाइको कमेन्ट पढे पछि 'घुमी फिरी रुम्जाटार" को उखान संग मिल्ने गरि लेख्नु भयो | कुनै चलचित्रमा भिलनले नायिका लाइ हेर्दै " ए मेरी प्रशंशा कर रही है या बदनामी" | तपाइँ हरु काग भन्दा चंख मान्छेले " मान्छेले ट्वीन टावर बात हाम फालेको कुरा र नेपाली पनि हाम फाल्थ्यो" भन्ने कुरा नबुझ्ने गोबरगणेश झैँ गर्ने एक पछि अर्को ताती लाग्नेलाई प्राथमिक कक्षा का बाल बालिका ले बुझ्ने गरि लेखी दिएको हु | कुन प्रसंगमा लेखिएको रहेछ त्यो बुझाइ बारे भन्दा पनि खुस्केट शब्दले अलंकारित शब्द मिलाएर टास्न पछि पर्नु भएन | सात कोष टाढै थाहा पाउने हरिया झिंगालाई सिनोको बिस्कुन फिजाई कार्य गरि अरुका प्रतिक्रिया बाट फोस्सामा मनोरंजन लिने काम तपाइँ आफैले गर्दै हुनु हुन्छ | भनाइ छन् नि नजाने गाउको बाटै नसोध्नु , आफुलाई टर्चर हुन्छ भने मुन्टो बटारे भै हाल्यो नि |पाठक स्वयम् बाहेक अरुले त रोकेको छैन होला ?
Read Full Discussion Thread for this article