Posted by: logan July 28, 2024
आफु मरेर ४० जनाको ज्यान बचायो !
Login in to Rate this Post:     0       ?        
आज बासुदेब मुनालको बाल कार्यक्रम को याद आयो |

लौ साना भाई बैनी हो मुनाल दाइको बाल कार्यक्रम मा तिमी हरुको स्वागत छ | आज म कथा होईन धेरै बर्ष अघी अमेरिकामा घटेको एउटा अप्रिय घटना को कुरा कुरा सुनाउछु | तेती खेर तिमीहरु सबै जन्मी सकेका थिएनौ होला अनी सबैका घर घरमा टि।भी पनि थिएन होला| घरमा टि.भी हुनेले हात उठाउ भन्दा एउटा मात्र हात उठेको थियो |
त्यो अमेरिकि पात्रो अनुसार २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ठुला शहर मद्देको न्यू योर्क शहर स्थित वर्ल्ड ट्रेड सेन्टर का नाम बाट चिनिने सबै भन्दा अग्ला जुम्ल्या भवनमा आतंककारी हरुले हवाई जहाज अपहरण गरेर ति भवनमा लगेर ठोक्काए | लौ भन त ति आतंक कारिले हावाईजहाज लाई के गरे ? सबैले एक स्वरमा भने भवनमा लगेर ठोके | एक जनाले सोध्यो " ति जहाजमा भएका मनिषहरुको के भयो "? त्यो जहाजमा आगो लाग्यो| अचम्मको कुरा चै भयो भने त्यो हवाइ जहाजमा भएको जेट फ्युल ले ति अग्ला भवन पनि लाई पनि जलाई दियो | एक बालकले भन्यो, दमकल आएर निभायो होला नी एकजनाले सोध्यो कती तल्लाको घर थियो | मैले भन्न बिर्सिएछु यि महल हरु ११० तल्लाका घर थिए | एकजनाले भन्यो तेत्रो अग्लो घरमा भरेङ ले नै भ्याएन होला| एर्कोले सोध्यो आम्ममा ११० तल्ला कसरी चडछन त, कती घण्टा लाग्ला माथिल्लो तल्लमा पुग्न ? अर्कोले भन्यो मेसिनले तानेर पुर्याउछ नि | ठिकै भन्न्यौ तेस्लाई लिफ्ट भनिछ र भुई तल्ला बाट ११०औ तल्ला कही नरोकी जादा एक मिनेटमा पुगिन्थो| त्यो दिन यि जुम्ल्या टावरमा ३००० जती मान्छे हरु मरे | एक जनाले भन्यो म भए हाम फाल्थे | अर्कोले भन्यो ए मुला ११० तल्ला बाट हाम फाल्न कस्ले सक्छ | ज्यान बचाउन हो वा आत्तिएर मनिष हरु हाम फाले तर कोही पनि बाचेनन् | प्यारासुट् लगाएको भए बाच्थ्यो होला, होइन ? हाम्रो नेपालमा भए जहाज बाट हाम फाल्थे |अर्कोले थप्यो उडेको बेलामा चै होइन गुडेको बेला भए हामफाल्न सक्थे |अर्कोले भन्यो घरको झ्याल हो र गर्मिमा खोले जस्तो जतिखेर चाहियो खोल्ने भनी अर्कोले तुरुन्तै जबाफ दीइ हाल्यो |
Last edited: 28-Jul-24 10:05 PM
Read Full Discussion Thread for this article