Posted by: Sojho_Bahun July 17, 2024
"नेपाली ले चान्स पाएसी गर्छ" भन्थ्यो ओलि ले, गरेरै छाडे ।
Login in to Rate this Post:     0       ?        
https://www.setopati.com/social/334479 रेलमार्गको सर्भे गर्न खोजिएको भन्दै भरतपुरमा एउटा गाडीमा स्‍थानीयबासीले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा रेलमार्गका लागि सर्भे गर्न आएको भनेर स्थानीयले गाडी जलाएको भए पनि पछि ती व्यक्तिहरू अन्य कामका लागि नै आएको खुलेको हो। रेल विभागकाअनुसार पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नका लागि हेटौंडाबाट चितवन हुँदै नवलपुरसम्मको रेलमार्गको अध्ययन सम्पन्न भइसकेको छ। यहाँ सर्भेका लागि आएको एउटा टोलीलाई केही महिनाअघि स्थानीयबासीले लखेटेका थिए। स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएका छन्। उनीहरूले सं‌घर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आएका थिए। त्यसैबीच चितवन भरतपुर महानगर-७ कृष्णपुरमा आर.एस इन्जिनियरिङ सोलुशन प्रालि काठमाडौंको टोली पुगेको थियो। प्रस्तावित रेलमार्ग प्रभावित संघर्ष समितिका सदस्यहरूले उनीहरू रेलमार्गको सर्भे गर्न आइपुगेको भनेर नियन्त्रणमा लिए। नियन्त्रणमा लिएर दिउँसोसम्ममा बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको कार समेत जलाइदिए। पछि गाडी जलेपछि पीडित भएका व्यक्तिहरू अर्कै कामले त्यहाँ पुगेको खुलेको हो। चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उनीहरू गुगल म्यापको सर्भेका लागि त्यहाँ पुगेको बताए। ‘उनीहरू यहीँ छन्। खासमा उनीहरू गुगल म्यापका लागि भनेर २५ वटा सहरहरूमा सर्भे गरिरहेका रहेछन्। सर्भे गर्न आएको देखेपछि रेलमार्गको लागि आएको हुनसक्ने भनेर स्थानीयबासीले नियन्त्रणमा लिएर गाडी आगो लगाइदिएका रहेछन्,’ सिडिओ यादवले भने, ‘सर्भे गर्न आउने टोलीले पनि हामीसँग समन्वय गरेनन् र गल्ती भयो। स्थानीयबासी अराजक भएर झन् ठूलो गल्ती गरेछन्।’ यता रेल विभागले भने कुनै सर्भे नै नगरिएको बताएको छ। रेल विभागका महानिर्देशक अजयकुमार मूलले अहिले विभागको तर्फबाट भरतपुरमा रेलमार्गको सर्भे नभएको बताए। ‘रेलमार्गको अध्ययन सम्पन्न भएको छ तर स्थानीयबासीहरूसँग छलफल भएपछि वैकल्पिक मार्गको माग उनीहरूले गरेका थिए। त्यो मन्त्रालयमा विचाराधीन छ,’ महानिर्देशक मूलले भने, ‘अहिले विभागका कर्मचारी वा कन्सल्ट्यान्ट कोही पनि सर्भे गर्न भनेर भरतपुर गएका छैनन्।’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालले घटनाको अनुसन्धान भइरहेको बताए। यद्यपि कति जनालाई नियन्त्रणमा लिएको भनेर भने उनले खुलाएनन्। प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १८:०४
Read Full Discussion Thread for this article